संघीय निजामती सेवा ऐनकाे मस्याैदा संसाेधन गर्न मर्स्याङदी गाउँपालिकाका कर्मचारीकाे माग



लमजुङ । सरकारले ल्याउन लागेकाे संघीय निजामती सेवा ऐनकाे प्रस्तावित मस्यौदामा मर्स्याङदी गाउँपालिकाका कर्मचारीहरुले आपत्ति जनाएका छन् ।

गाउँपालिकामा कार्यरत कर्मचारीहरले मंगलबार संयुक्त विज्ञप्ती निकाल्दै आफूहरुको माग पूरा नभए तथा प्रस्तावित निजामती सेवा ऐनको मस्यौदा संशोधन नभए चरणवद्ध आनदोलनमा जाने चेतावनी दिएका छन् । 

प्रस्तावित मस्यौदामा स्थानीय तहको कर्मचारीलाई निजामतीको परिभाषामा नसमेटिएकाे र कर्मचारीबिच विभेद गरेकाे उनीहरूकाे भनाई छ ।

साे मस्याैदाकाे बिराेधमा यहि भाद्र २२ गते निजामति सेवा दिवसका दिन कालोपट्टी बाँधेर विरोध जनाउने उनिहरूले बताएका छन् । कर्मचारीहरुले विभिन्न १३ वुँदे माग सहितको विज्ञप्ती मंगलवार गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ र प्रुमख प्रशासकिय अधिकृत तारावहादुर तामाङलाई सयुंक्त रुपमा बुझाएका छन् । 

कर्मचारीहरुले संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने माग राखेका छन् । प्रस्तावित ऐनको मस्यौदामा स्थानीय तहको कर्मचारीलाई निजामतीको परिभाषामा समेटिनुपर्ने, सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानीय सेवामा मात्र हुनुपर्ने, सरुवा प्रणालीलाई सहमतिको आधारमा नभई चक्रिय प्रणालीको आधारमा गर्नुपर्ने कर्मचारीहरुको माग छ । 

यसैगरी स्थानीय तहमा कार्यरत कर्मचारीहरुको अन्तर प्रदेश र अन्तर तह सरुवाको व्यवस्था एकीकृत निजामती सेवा ऐनमा नै हुनपर्ने, सवै तहमा कर्मचारीहरुको वृद्धि विकासको पथ खुला गर्ने र उमेर हद हटाउनुपर्ने, कर्मचारीहरुलाई पूर्ण सुरक्षाको अनुभूति हुनुपर्ने माग गरेका छन् । 

संयुक्त विज्ञप्तीमार्फत कर्मचारीहरुले निजामती अस्पतालमा सवै सरकारी कर्मचारीलाई समेटिनुपर्ने, एकिकृत निजामती सेवा ऐनमा सेवा अवधिअनुसार तह वृद्धिको व्यवस्था गरिनुपर्ने माग गरेका छन् ।

संघिय, प्रदेश र स्थानीय निजामती सेवाको छटौँ तहको पदपूर्तिमा ५० प्रतिशत, सुल्लाका ४० प्रतिशत, बढुवा १० प्रतिशत, आन्तिरिक/अन्तर तह प्रतिस्पर्धाको व्यबस्था, चौँथो तहको पदपूर्तिमा ७० प्रतिशत, खुल्ला २०  र बढुवा १० प्रतिशत सहित आन्तिरिक प्रतिस्पर्धाको व्यबस्था सहित अन्य पदको पदपूर्तिमा निजामती सेवा ऐन, २०४९ को व्यवस्था कायम गर्न कर्मचारीहरूले माग गरेका छन् ।

समायोजनको मर्कामा परेका कर्मचारीलाई पुनरावलोकनको व्यवस्था सहित समायोजित कर्मचारीकाे अन्तरतह सरुवाको व्यवस्था हुनुपर्ने माग उनीहरूकाे छ । आफ्ना मागहरु सम्वोधन नभएमा भदाै २६ गतेबाट आन्दोलनमा जाने उनीहरूले घोषणा गरेका छन्। 

सरकारले निजामती सेवा ऐन २०४९ लाई विस्थापित गर्न संघीय निजामती सेवा ऐन २०७५ ल्याउन लागेको हो । मन्त्रालयले करिब ४ महिना अघि नै मस्यौदा तयार गरेको थियो । उक्त मस्यौदामा संशोधन गर्नुपर्ने माग राख्दै कर्मचारीले बुझाएको विज्ञप्ती गाउँपालिकाले मंगलवार नै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको प्रमुख प्रशासकिय अधिकृत तारावहादुर तामाङले जानकारी दिए । 

गाउँपालिका कर्मचारीकाे विज्ञप्ति ।
लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist