लमजुङ । मर्स्याङ्दी ग्रुपमा जाेडिन चाहने मर्स्याङ्दीबासीका लागि भदाै मसान्तसम्म म्याद थप गरिएकाे छ । यसअघि भदाै १० गतेसम्म समय थियाे ।
ग्रुपको भदौ ८ गते सम्पन्न शेयर सदस्यहरुको पहिलो भेला र त्यसपछि बसेको मर्स्याङ्दी ग्रुप समन्वय समितिको बैठकले म्याद थप गरेकाे हाे । हालसम्म ग्रुपमा करिव ६ सय जना जाेडिएका छन् ।
भेलाले संविधानसभा सदस्य जमीन्द्रमान घलेकाे अध्यक्षतामा मर्स्याङ्दी जलविद्युत कम्पनी लि. गठन गरेकाे छ । पहिलो आयोजनाको रुपमा मर्स्याङ्दी -२ स्थित किचे खोला साना जलविद्युत निर्माण गर्ने निर्णय समेत भएकाे छ ।
पहिलो आयोजनाको रुपमा शुरु गर्न लागिएको किचे खोला जलविद्युत आयोजनाको लागि सम्पुर्ण शेयर सदस्यहरुले २०८० असोज १० गते सम्म न्युनतम रु.५० हजार र अधिकतम रु. ३० लाख सम्म आफ्नो शेयर रकम कबोल गर्नु पर्नेछ । कबोल रकम ३ किस्तामा क्रमश पहिलो किस्ता २०%, दोस्रो किस्ता ५०% र तेस्रो किस्ता ३०% जम्मा गर्नु पर्नेछ ।
पहिलो किस्ता २०८० चैत्र मसान्तसम्म जम्मा गर्नु पर्नेछ । आवद्ध हुनको निम्ति बुझाएको रु. २५ हजारलाई पहिलो किस्तामा मिलान गरिनेछ । त्यसरी मिलान गर्दा अपुग रकम थप गर्नु पर्नेछ भने बढी भएको अवस्थामा दोस्रो किस्तामा मिलान गरिने मर्स्याङ्दि ग्रुप समन्वय समितिका संयाेजक अर्जुन गुरूङले जानकारी दिए ।
हाललाई कम्पनिको अधिकृत पूंजी रु. १५ करोड, जारी पूंजी रु. १२ करोड र चुक्ता पूंजी रु. १० करोड ८० लाख निर्धारण गरिएकाे संयाेजक गुरूङले बताए ।
धन्यवाद !
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link

















