जुवाखालबाट बरामद रकम बाढ्न खाेजेकाे फुटेज बारियाे



लमजुङ । २०८० साउन १८ गते साँझ मर्स्याङ्दी गाउँपालिका-९ तल्लाे पामचाेकमा भएकाे जुवाकाे स्टिङ अपरेसनमा बरामद मध्ये केही रकम प्रहरी आफैले लिएकाे फुटेज बाहिरिएकाे छ ।

साे अपरेसनमा संलग्न ४ जना प्रहरीले बरामद केही रकम बाड्न खाजेकाे सिसिटिभी फुटेज बाहिरिएकाे हाे । प्रहरी स्राेतका अनुसार साे दिनकाे अपरेसनबाट बरामद रकम राख्ने जिम्मा प्रहरी सहायक निरिक्षक गणेश भण्डारीलाई थियाे । उनकै नेतृत्वमा प्रहरी सहायक हबल्दार दिपकबावु गिरी, जवान जेसन गुरूङ र सञ्जिव मगर पहिलाे अपरेसन टाेलिमा खटिएकाे थियाे ।

चार जनाकाे टाेलीले जुवा खाल सिल गरेपछि प्रहरी निरिक्षक बुद्वी सुवेदीकाे नेतृत्वकाे टाेली घटनास्थल पुगेकाे थियाे । घटनास्थलबाट पक्राउ परेका २२ जना जुवाडे, बरामद भएकाे पैसा र काैडा प्रहरी कार्यालय लगिएकाे थियाे । घटनाकाे बारेमा सुचना दिन निकै गाह्राे मानेकाे प्रहरीले सुरूमा साँढे ४ लाख जति मात्र बरामद भएकाे बतायाे । भाेलिपल्ट एक जुवाडेकाे पेन्टीभित्र केही रकम लुकाएकाे फेला परेकाे सुचना बाहिरियाे । र प्रहरीले जुवा खालबाट ५ लाख ७० रूपियाँ बरामद भएकाे प्रेस रिलिज जारी गर्याे ।

याे त प्रहरीकाे कुरा भयाे । तर, बाहिर भने खालमा १० लाख भन्दा बढी रकम भएकाे सुचना बाहिरिएकाे थियाे । हामिले पनि बढि रकम भएकाे सुचना बाहिरिएकाे समाचार लेखेका थियाैं । तर, यसकाे प्रमाण थिएन ।

यसअघि पनि जुवाखालमा बरामद रकम पुरै नदेखाउने गरेकाे बताईने गरेकाे थियाे । त्यतिबेला न जुवाडेले आफुहरूबाट बढी रकम लगिएकाे बारे बयान दिन सक्थे नत अरू कुनै प्रमाण हुन्थ्याे ।

यसपटक भने केही रकम लुकाएर बाड्न खाेजेकाे फुटेज बाहिरिएपछि प्रहरीकाे नियतमाथि प्रश्न उठ्न थालेकाे छ ।

बेसीसहरकाे शेरास्थित एक हाेटलबाट बाहिरिएकाे सिसिटिभि फुटेजमा चार जना प्रहरीहरु रकम बाढ्न लागेकाे देखिन्छ ।

राती १२ बजे हाेटल पुगेका प्रहरीले २ प्याक खुकुरी रम, २ बोत्तल वियर, चुरोट र २ वटा फ्राई राईस खाएका थिए । उनिहरूले हाेटलमा सिसिटिभी भएकाे चाल पाएपछि रकम नबाडी हिडेका थिए ।

प्रहरी निरिक्षक बुद्वी सुवेदीका अनुसार त्यो दिनकाे जुवाखालको सबै पैसाको जिम्मा प्रहरी सहायक निरिक्षक भण्डारीलाई नै दिईएकाे थियाे । उक्त रकम झुक्किएर भण्डारीसंग परेको र पछि कार्यालयमा बुझाएकाे प्रहरीकाे भनाई छ ।

तर जुवा खालमा मुचुल्का गरिसकेको रकम मध्यरातमा हाेटलमा पुगेर बाँडफाँड गर्ने अवस्थामा देखिनुले प्रहरीकाे नियतमाथी प्रश्न उब्जाएको सर्वसाधरण नागरिक बताउँछन् ।

याे भिडियाेबारे प्रहरी धेरैअघि जानकार पनि थियाे । मात्रै कहिले बाहिरिन्छ भनेर कुरि बसेकाे स्राेत बताउँछ । जुवाडे छुटाउन विभिन्न ब्यक्तिबाट प्रहरीलाई दवाव थियाे । यतिसम्म कि नछाेडे आत्महत्या गर्नेसम्मका घुर्की प्रहरीलाई देखाएकाे थियाे । सरूवा र अरू प्रलाेभन पनि नभएका हाेईनन ।

त्यसाे त जुवा खालमै भएकाे रकम आधा आधा गर्ने र आफुहरूलाई छाेड्नुपर्ने जुवाडेबाट प्रस्ताव राखिएकाे प्रहरी बताउँछ । कि छाेड्नुपर्ने कि ढाेका ताेडेर भाग्ने धम्की दिँदा गाेली चलाउने चेतावनी दिएर प्रहरीले हाेल्ड गरिराखेकाे स्राेत बताउँछ।

७ दिन हिरासत बस्नपर्दा जुवाडेहरू निकै रुष्ट थिए । उनिहरूलाई याे प्रमाण हिरासत भित्रै पुगेकाे थियाे ।

उनीहरूसँग भदाै २७ गते पु:न बयानकाे लागि दिन ताेकिएकाे छ । साे दिन घटनाले कस्ताे रूप लिन्छ भन्ने सर्वत्र चासाे छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist