ललिता निवास प्रकरण : २८६ प्रतिवादी, १८ अर्ब ३६ करोड बिगो दाबी



काठमाडौं । बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाउने रायसहित सिआइबीले मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

उनीहरूसँग १८ अर्ब ३६ करोड रुपैयाँ बिगो दाबी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवादी बनाइएकामध्ये चार पूर्वमन्त्री छन् । त्यस्तै, ६ पूर्वसचिवसहित १०८ जना कर्मचारी छन् । 

सिआइबीका अनुसार प्रतिवादी बनाइएकामध्ये दुई सय ३८ जना कसुरदार हुन् । यसबाहेक ४८ जना जग्गाधनी छन्, जसले पछि जग्गा किनेका थिए । उनीहरूलाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो । प्रतिवादी बनाइएका १८ जनाको त मृत्यु भइसकेको छ । उनीहरूको सम्पत्तिबाट बिगो असुल गरिनेछ । 

यो प्रकरणमा मुछिएका राजनीतिक नेतृत्व तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साहलगायत ‘हाइप्रोफाइल’को पनि बयान लिएपछि प्रतिवेदनलाई अन्तिम रूप दिइएको हो । 

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई भने प्रतिवादी बनाइएको छैन । तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ भने बोलाउँदा पनि बयान दिन नआएको सिआइबीले जनाएको छ । उनी प्रहरीको फरार सूचीमा छन् ।

संगठित रूपमा सरकारी कागजात किर्ते कसुरमा सिआइबीले पछिल्लोपटक ५७ दिनदेखि यो प्रकरणको अनुसन्धान गरिरहेको थियो ।

राजनीतिक पहुँच र शक्तिका आधारमा ०४७ देखि ललितानिवासको जग्गा हिनामिना गर्न थालिएको  थियो । यसअघि सिआइबीले ०७५ फागुनदेखि अनुसन्धान थालेको थियो । तर, ०७७ फागुनमा अनुसन्धान सकिने बेला बीचमै रोकिएको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist