लम्पी स्किन महामारी घोषणा गर्न किसान महासंघको माग



लमजुङ । नेकपा (एमाले) काे जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले लम्पी स्किन रोगलाई महामारीको घोषणा गरी द्रुत गतिमा उपचार गरी रोगको नियन्त्रण गर्न माग गरेकाे छ ।

पछिल्लो समयमा पशु चौपायामा लागेको लम्पी स्किन रोग लगायतका किसानका मुद्दालाई समेटेर संगठनले लमजुङका ८ वटै पालिकामा २३ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

‘रोगको कारण पशु चौपाया मरेर मारमा परेका किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापना सहितको प्याकेज कार्यक्रम अविलम्ब घोषणा गरियोस्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘मरेका पशुका बिमा भुक्तानी तत्काल गरियोस् ।’

ज्ञापनपत्रमा बाँदर लगायतका वन्यजन्तुले बालीमा क्षति पुर्‍याएका किसानलाई राहत प्याकेजको व्यवस्था मिलाउन माग गरिएको किसान महासंघ लमजुङका अध्यक्ष विश्व अधिकारीले बताए ।

हरेक पालिकाको नीति तथा कार्यक्रममा कुल बजेटको २० प्रतिशत रकम कृषिमा विनियोजन गर्न माग गरेको अखिल नेपाल किसान महासंघ गण्डकीका अध्यक्ष गाेवर्द्वन गाैलीले जानकारी दिए ।

स्थानीय सरकारलाई वास्तविक किसानका लागि आवश्यक अनुदान ब्याज, निशुल्क बिमा, औषधी उपचारको व्यवस्था, रासायनिक मल, उन्नत बीऊ विजनको सहज व्यवस्था मिलाउने कार्य गर्न किसान महासंघले आग्रह गरेको छ ।

उन्नत कृषक पाठशाला स्थापना अनुरोध गर्दै किसान महासंघले १ वडा, १ कृषि प्राविधिकको व्यवस्था गर्न माग गरेको छ । ज्ञापनपत्रमा किसानलाई वर्गिकरण तथा सुचिकृत गरी किसान कार्डको व्यवस्था गर्न माग गरिएको छ ।

ठाउँ ठाउँमा कृषि संकलन केन्द्रको व्यवस्था गर्न आग्रह गर्दै ज्ञापनपत्रमा स्थानीय पालिकामा किसान आयोग गठन गरी किसानको उचित व्यवस्थापन मिलाउन पालिकालाई ध्यानाकर्षण गराएको छ । बाँझो राखिएको जग्गालाई स्थानीय सरकारले नीति निर्माण गरी खेतीको लागि किसानलाई दिने व्यवस्था मिलाउन किसान महासंघको माग छ ।

अखिल नेपाल किसान महासंघ गण्डकीका अध्यक्ष गाैलीकाे नेतृत्वकाे टोलीले सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद काेईरालालाई ज्ञापनपत्र बुझाएका छन् ।

एमाले नेता माेहनहरि पाैडेल, पुर्व उपप्रमुख राजकुमार श्रेष्ठलगायतले मध्यनेपाल नगरपालिकाका उपमेयर सीता गुरुङलाई ज्ञापनपत्र बुझाएको थियाे। किसान महासंघका केन्द्रीय सदस्य सिहंबहादुर थापाकाे टाेलीले बेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्याललाई ज्ञापनपत्र प्रदान गरेका छन् ।

किसान महासंघ गण्डकी प्रदेश कमिटी अध्यक्ष गौलीले प्रदेशको अगुवाईमा सबै पालिकामा ज्ञापनपत्र बुझाएकाे बताए । उनले लम्पी स्कीन रोगलाई महामारीको घोषणा गरी द्रुत गतिमा उपचार गरी रोगको नियन्त्रण गर्ने लगायतका मागलाई समेटेर भदौ ७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाइने जानकारी दिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist