मर्स्याङ्दीमा चाेरी डकैतीमा संलग्न तीनजना पक्राउ !



लमजुङ । चोरी डकैतीमा संलग्न तीन जनालाई मर्स्याङ्दी गाउँपालिकास्थित खुदी प्रहरीले पक्राउ गरेको छ।

मर्स्याङ्दी गाउँपालिका र बेसीसहर आसपासमा चाेरी डकैती गर्दै आएका मर्स्याङ्दी- बुद्वबजारका बर्ष २८ का काजी तामाङ, साेही स्थानका सन्ताेष परियार (साेनाम), बेसीसहर-६ भलामखाेलाका बर्ष २० का सुजन तामाङ शनिबार पक्राउ परेका हुन् ।

चाेरीमा संलग्न मर्स्याङ्दी-३ बुद्वबजारका बर्ष २५ का किरण तामाङ फरार छन् । उनकाे खाेजी भैरहेकाे खुदी प्रहरी चाैकीका ईन्चार्ज सई प्रेमचन्द्र शर्माले जानकारी दिए ।

उनीहरूले बेसीसहर-चामे सडक निर्माण कम्पनी आशिष अनेष्टका जेभीकाे तारजाली, रड, फलाम लगायतका सामाग्री चाेरी गरेर लैजादै गर्दा रङ्गेहात समातिएकाे सई शर्माले जानकारी दिए।

बेसीसहर-६ मालेबगरकाे गाेदामबाट २ सय १० केजी जाली चाेरेर मर्स्याङ्दी-९ गैरीफाँटमा रहेकाे कवाडी पसलमा बेचिएकाे पाईएकाे प्रहरीले जनाएकाे छ । करिव ३ लाख पर्ने सामान कवाडी सञ्चालक बलबहादुर परियारले ७ हजारमा किनेर लुकाएका थिए । सामान किनेर थाेत्रा कागाज, प्याक र बाेराले छाेपेर लुकाएकाे अबस्थामा बरामद गरिएकाे सई शर्माले जानकारी दिए ।

आशिष अनेष्ट जेभीका ईन्जिनियर सन्ताेष सुवेदीले पटक पटक गरेर कम्पनीकाे नाै लाख बरबरकाे सामाग्री चाेरी भएकाे बताए ।

खुदी प्रहरी चाैकी ईन्चार्ज शर्माले कबाडी सञ्चालकहरूकाे मिलेमताेमा फलाम, जाली लगायतका सामाग्री चाेरी भएकाे हुनसक्ने आशंका गरे । यसअघि पनि पालिकाका विभिन्न स्थानका मठमन्दिरबाट दियाे, कलस, घण्टा, गाग्रीलगायतका समाग्री चाेरी भएका थिए ।

पक्राउ परेकाहरूकाे अनुसन्धान सुरू गरिएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश श्रीमलले जानकारी दिए ।

पछिल्लाे हप्ता बेसीसहर र वरपर सुनका गरगहना चाेरी बढेकाे छ । केही दिनअघि बेसीसहरकाे बालकुमारी अधिकारीकाे घरबाट १२ ताेला सुनका गहना चाेरी भएकाे थियाे । त्यसकाे केही दिनपछि बेसीसहर चनाैटेका ४ घरबाट १० ताेला सुन र ९ हजार नगद चाेरी भएकाे प्रहरीले जनाएकाे छ । उनीहरूकाे खाेजी भैरहेकाे प्रहरीले जनाएकाे छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist