लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ ले महामारीका रुपमा देशव्यापी फैलिएको लम्पी स्किन रोगका कारण पीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ ।
लम्पी स्किन राेगका कारण पशु चाैपाए मरेका किसानलाई क्षतिपूर्ति स्वरूप केही राहत र राेगी पशुकाे उपचार गरेका किसानलाई खर्चकाे ५० प्रतिशत राहत दिने सम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ ।
शुक्रबार वडामा भएकाे अगुवा कृषक भेलामा वडा अध्यक्ष हरिश्चन्द्र थापाले लम्पी स्किनबाट मरेका पशु चाैपायलाई कम्तिमा ५ हजारका दरले राहत दिने प्रस्ताव राखेका छन् । यस्तै किसानले नै उपचार गरिरहेका पशुचाैपायलाई ५० प्रतिशत खर्च सहयाेग गर्ने वडाअध्यक्ष थापाले बताए ।
भेलामा किसानहरूले लम्पी स्किन राेगले केही पशुचाैपाय मर्न थालेका र धेरै विरामी पर्दापनि पशु प्राविधिककाे सहयाेग नपाएकाे गुनासाे गरेका थिए ।
पालिका स्तरीय किसान सञ्जालका अध्यक्ष भिष्मकान्त कुईकेल, किसानहरू तेजबहादुर गुरूङ, टिकाराम पाैेडेल, वसन्त पाण्डे, आनन्द सुवेदीलगायतले लम्पी स्किन पीडितलाई राहत दिन माग गरेका थिए ।
वडाअध्यक्ष थापाले वडास्तरीय कृषि सञ्जाल र वडाकाे बैठक बसेर राहत घाेषणा गरिने जानकारी दिए । भेलाले टिकाराम पाैडेलकाे अध्यक्षतामा नाै सदस्यीय समिति गठन गरेकाे छ ।
देशभर फैलिएकाे लम्पी स्किनले लाखाैं पशुचाैपाय विरामी भएका छन् । हजाराैं मरेका छन् । तर, पीडित किसानका लागि संघ, प्रदेश र स्थानीय सरकारले राहत घाेषणा गर्न सकेका छैनन् ।
मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ ले थाेरै भएपनि राहतकाे घाेषणा गर्दा किसानहरू खुसी भएका छन् ।
भेलालाइ संवाेधन गर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले किसानहरूलाई लगनशिल र धैरेयताकासाथ ब्यवसायिक कृषिमा लाग्न आग्रह गरे । उनले अब निर्वाहमुखि नभई ब्यवसायिक रूपले लाग्न सुझाव दिए । कृषि पशुकाे लागि पालिकाले २ कराेड विनियाेजन गरेकाेमा कृषि एम्बुलेन्सका लागि २० लाख, कृषि उपज संकलन केन्द्रका लागि ५ लाख र अन्य रकम सबै वडामा वितरण गरिएकाे बताए ।
वडा नं. ९ लाई कृषिमा १४ लाख र पशुतर्फ ८ लाख बजेट विनियाेजन भएकाे कार्यपालिका सदस्य मधुमाया बगालेले बताईन् ।
के हाे लम्पी स्किन राेग ?
गाईभैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ।
सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ।
गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link

















