सुराकी झुक्किएपछि फन्दामा परे जुवाडे..



लमजुङ । विहिबार मध्याह्न जुवा खेल्न भनी सदरमुकाम बेसीसहरबाट केही ब्यक्तिहरू खुदी पुग्छन् । खुदीमै रहेका अन्य ब्यक्तिहरूसंग केहिबेर एक हाेटलमा याेजना बन्छ ।

ट्याक्सी र स्कारपियाेमा आएकाहरूलाई खुदीबाटै बाईकमा राखेर गन्तब्यमा पुर्याईन्छ । जानेबेला उनीहरूले खुदी र घनपाेखरा जाने चाेकमा प्रहरीकाे रेकी गर्न दुईजना सुराकी छाेड्छन ।

जुवाडेले स्थानीय केही युवालाई बाईक ड्राईभर, जुवा खेल्ने ठाउँमा खाजापानी खुवाउनका लागि प्रयाेग गर्न जैजान्छन् ।

खुदी प्रहरीलाई चक्मा दिएपनि जिल्लाकाे टाेली भने पेसेवर जुवाडेकाे फलाेअपमा थियाे । प्रहरीलाई केही ठुलै जनप्रतिनिधि र ब्यवसायीका नेतापनि जुवामा रमाउँछन भन्ने सूचना थियाे ।

जुवाडेहरूले पनि पुलिस आउन सक्ने अनुमानका साथ सुराकी खटाएकाे थिए । खेल चलिरह्याे, दिउसाे ४ बजेपछि मुसलधारे बर्षापनि हुन थाल्याे ।

वर्षा धेरै हुन थालेपछि जुवाडेका सुराकी ओत खाेज्न दायाँबायाँ लागे । संयाेगवस त्यहिबेला सिभिल प्रहरीका २ जना बाईकमा कटिहाले । सिभिल प्रहरीले घटनास्थल पत्ता लगाएर खेल भएकाे एकिन गरेर फाेन लगाए ।जिल्लाबाट ईन्सपेक्टर बुद्वी सुवेदीकाे कमान्डमा टाेली घटनास्थल मुभ भयाे ।

प्रहरी टाेली खुदी कटेकाे केहिसमय पछि मात्र जुवाडेकाे सुराकीले थाहा पाए र सुचना गरे । जतिबेला जुवाडे प्रहरी घेरामा परिसकेका थिए । सुराकीकाे फाेनमा जवाफ फर्काउँदै एक जुवाडे झर्किए, `यसबेला यत्राे फाेन गर्छस, यहाँ सबै समातिसकियाे ।´

सुराकी बसेका युवाले यसरी कहानी सुनाए । सुराकीले एक साथीलाई सुनाएअनुसार खालमा १५/१६ लाख जतिकाे काराेबार थियाे । तर, ५ लाख मात्र सार्वजनिक भयाे । अरू पैसा मिलेमताे भयाे ।

तर प्रहरीले भने त्यहाँ भेटिएकाे सबै पैसा बरामद भएकाे र सार्वजनिक गरिएकाे जति नै पैसा भएकाे बताउँछ । हुन त यसअघिपनि खालमा भेटिएकाे सबै पैसा सार्वजनिक नहुने गरेकाे छुटेपछि जुवाडेहरूले बताउने गरेका थिए ।

लमजुङ प्रहरीले विहिबार साँझ मर्स्याङ्दी गाउँपालिका-९ तल्लाे पामचाेकबाट जुवा खालबाट २२ जना जुवाडेलाइ पक्राउ गरेकाे थियाे ।

ठेगाना गाेप्य, नाम सार्वजनिक :

यसअघिका घटनामा छिटाे-छिटाे नाम र ठेगाना सार्वजनिक गर्ने प्रहरीले यसपटक भने ढिलागरि ठेगाना गाेप्य राखेर नाम सार्वजनिक गरेकाे छ ।

विहिबार साँझ ८ बजे पक्राउ परेका २२ जना जुवाडेलाई शुक्रबार दिउसाे जिल्ला अदालतबाट ७ दिनकाे म्याद थप गरेपछि मात्र पत्रकारहरूकाे ईमेलमा प्रेस रिलिज पठाईयाे। र किन ठेगाना गाेप्य राख्न खाेजेकाे हाे भन्ने विषयमा भने प्रहरीले स्प्रस्ट पारेकाे छैन् ।

उनीहरूको साथबाट ५ लाख ७० रुपैयाँ र १६ थान काैडा बरामद भएको प्रहरीले प्रेस रिलिजमा जनाएकाे छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा : धन बहादुर तामाङ, मिनराज तामाङ, सुजन तामाङ, मेघराज तामाङ, सहदेव गुरुङ, शिव गुरुङ, भरत कुमार श्रेष्ठ, निर्माण घिमिरे, बिरेन्द्र राउत बरै, देबेन्द्र लामा, दान बहादुर कुमाल, राजन सुयल, राम बहादुर गुरुङ, धन बहादुर गुरुङ, राजेश थापा, दामोदर घिमिरे, अखिल रिमाल, बिष्णु बहादुर अधिकारी, नबिन गुरुङ, काले तामाङ, तक बहादुर गुरुङ र सानुबाबु तामाङ रहेका छ्न्।

ठेगाना नखुलाएपनि उनीहरू लमजुङ, गाेरखा र राैतहटसम्मका रहेकाे प्रहरी स्राेतले बतायाे ।

विशेष सुराककाे आधारमा जुवाडे पक्रिन ३ भ्यान प्रहरी परिचालन भएकाे थियाे ।

प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश श्रीमलले पक्राउ परेकाहरूलाई कारबाही प्रकृया अगाडि बढाएकाे बताए ।

र जिल्लामा दिनभर यस्ताे हल्ला चल्याे कि प्रहरीले खालबाट एक जनप्रतिनिधिलाई भगायाे । तर, यसकाे पुष्टि हुन सकेन ।

प्रहरीले जारी गरेकाे प्रेस रिलिज ।
लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist