सुराकी झुक्किएपछि फन्दामा परे जुवाडे..



लमजुङ । विहिबार मध्याह्न जुवा खेल्न भनी सदरमुकाम बेसीसहरबाट केही ब्यक्तिहरू खुदी पुग्छन् । खुदीमै रहेका अन्य ब्यक्तिहरूसंग केहिबेर एक हाेटलमा याेजना बन्छ ।

ट्याक्सी र स्कारपियाेमा आएकाहरूलाई खुदीबाटै बाईकमा राखेर गन्तब्यमा पुर्याईन्छ । जानेबेला उनीहरूले खुदी र घनपाेखरा जाने चाेकमा प्रहरीकाे रेकी गर्न दुईजना सुराकी छाेड्छन ।

जुवाडेले स्थानीय केही युवालाई बाईक ड्राईभर, जुवा खेल्ने ठाउँमा खाजापानी खुवाउनका लागि प्रयाेग गर्न जैजान्छन् ।

खुदी प्रहरीलाई चक्मा दिएपनि जिल्लाकाे टाेली भने पेसेवर जुवाडेकाे फलाेअपमा थियाे । प्रहरीलाई केही ठुलै जनप्रतिनिधि र ब्यवसायीका नेतापनि जुवामा रमाउँछन भन्ने सूचना थियाे ।

जुवाडेहरूले पनि पुलिस आउन सक्ने अनुमानका साथ सुराकी खटाएकाे थिए । खेल चलिरह्याे, दिउसाे ४ बजेपछि मुसलधारे बर्षापनि हुन थाल्याे ।

वर्षा धेरै हुन थालेपछि जुवाडेका सुराकी ओत खाेज्न दायाँबायाँ लागे । संयाेगवस त्यहिबेला सिभिल प्रहरीका २ जना बाईकमा कटिहाले । सिभिल प्रहरीले घटनास्थल पत्ता लगाएर खेल भएकाे एकिन गरेर फाेन लगाए ।जिल्लाबाट ईन्सपेक्टर बुद्वी सुवेदीकाे कमान्डमा टाेली घटनास्थल मुभ भयाे ।

प्रहरी टाेली खुदी कटेकाे केहिसमय पछि मात्र जुवाडेकाे सुराकीले थाहा पाए र सुचना गरे । जतिबेला जुवाडे प्रहरी घेरामा परिसकेका थिए । सुराकीकाे फाेनमा जवाफ फर्काउँदै एक जुवाडे झर्किए, `यसबेला यत्राे फाेन गर्छस, यहाँ सबै समातिसकियाे ।´

सुराकी बसेका युवाले यसरी कहानी सुनाए । सुराकीले एक साथीलाई सुनाएअनुसार खालमा १५/१६ लाख जतिकाे काराेबार थियाे । तर, ५ लाख मात्र सार्वजनिक भयाे । अरू पैसा मिलेमताे भयाे ।

तर प्रहरीले भने त्यहाँ भेटिएकाे सबै पैसा बरामद भएकाे र सार्वजनिक गरिएकाे जति नै पैसा भएकाे बताउँछ । हुन त यसअघिपनि खालमा भेटिएकाे सबै पैसा सार्वजनिक नहुने गरेकाे छुटेपछि जुवाडेहरूले बताउने गरेका थिए ।

लमजुङ प्रहरीले विहिबार साँझ मर्स्याङ्दी गाउँपालिका-९ तल्लाे पामचाेकबाट जुवा खालबाट २२ जना जुवाडेलाइ पक्राउ गरेकाे थियाे ।

ठेगाना गाेप्य, नाम सार्वजनिक :

यसअघिका घटनामा छिटाे-छिटाे नाम र ठेगाना सार्वजनिक गर्ने प्रहरीले यसपटक भने ढिलागरि ठेगाना गाेप्य राखेर नाम सार्वजनिक गरेकाे छ ।

विहिबार साँझ ८ बजे पक्राउ परेका २२ जना जुवाडेलाई शुक्रबार दिउसाे जिल्ला अदालतबाट ७ दिनकाे म्याद थप गरेपछि मात्र पत्रकारहरूकाे ईमेलमा प्रेस रिलिज पठाईयाे। र किन ठेगाना गाेप्य राख्न खाेजेकाे हाे भन्ने विषयमा भने प्रहरीले स्प्रस्ट पारेकाे छैन् ।

उनीहरूको साथबाट ५ लाख ७० रुपैयाँ र १६ थान काैडा बरामद भएको प्रहरीले प्रेस रिलिजमा जनाएकाे छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा : धन बहादुर तामाङ, मिनराज तामाङ, सुजन तामाङ, मेघराज तामाङ, सहदेव गुरुङ, शिव गुरुङ, भरत कुमार श्रेष्ठ, निर्माण घिमिरे, बिरेन्द्र राउत बरै, देबेन्द्र लामा, दान बहादुर कुमाल, राजन सुयल, राम बहादुर गुरुङ, धन बहादुर गुरुङ, राजेश थापा, दामोदर घिमिरे, अखिल रिमाल, बिष्णु बहादुर अधिकारी, नबिन गुरुङ, काले तामाङ, तक बहादुर गुरुङ र सानुबाबु तामाङ रहेका छ्न्।

ठेगाना नखुलाएपनि उनीहरू लमजुङ, गाेरखा र राैतहटसम्मका रहेकाे प्रहरी स्राेतले बतायाे ।

विशेष सुराककाे आधारमा जुवाडे पक्रिन ३ भ्यान प्रहरी परिचालन भएकाे थियाे ।

प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश श्रीमलले पक्राउ परेकाहरूलाई कारबाही प्रकृया अगाडि बढाएकाे बताए ।

र जिल्लामा दिनभर यस्ताे हल्ला चल्याे कि प्रहरीले खालबाट एक जनप्रतिनिधिलाई भगायाे । तर, यसकाे पुष्टि हुन सकेन ।

प्रहरीले जारी गरेकाे प्रेस रिलिज ।
लोकदृश्य
+ posts

ताजा खबर

मर्मत हुँदै माथिल्लो मर्स्याङ्दी–ए

मर्मत हुँदै माथिल्लो मर्स्याङ्दी–ए

लमजुङ । मस्र्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको मर्मत थालिएको छ । आयोजनाको मर्मत थालिएपछि विद्युत उत्पादन...

तल्लोचिप्ला पहिरो भूगर्भविद्हरुबाट अध्ययन

तल्लोचिप्ला पहिरो भूगर्भविद्हरुबाट अध्ययन

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ चल्लोचिप्लास्थित गैरीगाउँको पहिरोको जोखिम अबस्थाबारे भूगर्भविदहरुको टोलीले स्थलगत अध्ययन गरेको छ । गाउँपालिकाको पहल तथा...

फोनिज लमजुङको अध्यक्षमा श्रेष्ठ

फोनिज लमजुङको अध्यक्षमा श्रेष्ठ

लमजुङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) लमजुङको अध्यक्षमा जनक श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । फोनिज लमजुङको...

‘महिला नै पहिला’ भन्दै लमजुङमा अनुपम यात्रा !

‘महिला नै पहिला’ भन्दै लमजुङमा अनुपम यात्रा !

लमजुङ । राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भन्ने आवाज उठाउँदै महिलाहरुले लमजुङमा अनुपम यात्रा ¥याली निकालेका छन् ।...

बेसीसहरमा ‘किसान घर’ सञ्चालन

बेसीसहरमा ‘किसान घर’ सञ्चालन

लमजुङ । बेसीसहर नगरपालिका –२ टारगाउँका वीरबहादुर विकले साउदी अरेबियामा नौ वर्ष बिताउनुभयो । साउदीमा तरकारी खेतीमा काम गर्नुभएका विकले स्वदेशमा...

कार्य सम्पादनमा बेसीसहर नगरपालिका उत्कृष्ट

कार्य सम्पादनमा बेसीसहर नगरपालिका उत्कृष्ट

लमजुङ । लमजुङ सदरमुकाममा रहेको बेसीसहर नगरपालिका कार्य सम्पादनमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले...

बेसीसहरमै सम्भव भयो जटिल शल्यक्रिया

बेसीसहरमै सम्भव भयो जटिल शल्यक्रिया

लमजुङ । गतहप्ता एक युवा पेट दुखेर बेसीसहरस्थित प्रदेश अस्पतालमा भर्ना हुनुभयो । आकस्मिक कक्षमा भर्ना हुनुभएका २९ वर्षे युवाको...

भूकम्प र आगलागीबाट बच्न गिलुङमा कृतिम अभ्यास

भूकम्प र आगलागीबाट बच्न गिलुङमा कृतिम अभ्यास

लमजुङ । भूकम्प तथा आगलागीबाट बच्न सचेतना जगाउन लमजुङस्थित नेपाली सेनाको चण्डी प्रसाद गणले कृतिम अभ्यास गरेको छ । लमजुङको...

सोतीपसलमा नयाँ प्रहरी भवन

सोतीपसलमा नयाँ प्रहरी भवन

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसलमा प्रहरी चौकीको नयाँ भवन निर्माण गरिएको छ । मंलबार नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख...

बेसीसहरमा तीनदिने मौरी पालन तालिम सुरु

बेसीसहरमा तीनदिने मौरी पालन तालिम सुरु

लमजुङ । सदरमुकाम बेसीशहरमा आधारभूत मौरीपालन सम्बन्धी जिल्लास्तर तालिम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, कार्यान्वय इकाई कार्यालयको...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist