काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्राे पटक सिंगो सदनमा उपस्थित सांसदको विश्वासको मत पाएका छन् ।
नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि आज ३० औं दिन आकस्मिक रुपमा उनले विश्वासका मत लिएका हुन् ।
उनलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित सदनका सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।
१०७ सदस्यीय प्रदेश सभामा उनको विश्वासको मतको पक्षमा मतदानमा भाग लिएका सबैको १०३ मत परेको छ । बैठकमा १०५ जना उपस्थित रहेकोमा सभामुख र उपसभामुखले मत हालेनन् ।
यसअघि पहिलो पटक मुख्यमन्त्री यादवले माघ ४ गते प्रदेशसभामा सिंगो मत पाएका थिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















