काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात (माइल्ड हर्टअट्याक) भएको छ । र, उनको एनजिओप्लास्टी गरिएको छ ।
मंगलबार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका थिए । अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको छ ।
उपचारमा संलग्न एक चिकित्सकका अनुसार पाैडेललाई मायोकाड्रिएल इन्फ्राक्सन (हृदयघात) भएको हो ।
राष्ट्रपतिको मुटुको दाहिनेतिरको नसाबाट तार हालेर जाली खोलेर रगत सञ्चालन गरिएको छ । पौडेल छाती दुख्ने, भारी हुने, गाह्रो हुने लगायत समस्या भएपछि अस्पताल पुगेका थिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















