मर्स्याङ्दी गाउँपालिकाले काठमाडौंमा रहेका प्रबुद्ध ब्यक्तिहरूसंग आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धि सुझाव संकलन गरेकाे छ ।
शनिबार काठमाडौंमा आयोजनामा भएकाे छलफल तथा सुझाव संकलन कार्यक्रममा सहभागी मर्स्याङ्दीबासी प्रबुद्व ब्यक्तिहरूले उत्पादन र राेजगारलाई जाेड्नेगरि कृषि, जलस्राेत र पर्यटन क्षेत्रलाई जाेड दिन आग्रह गरे ।
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएकाे कार्यक्रममा मर्स्याङ्दी गाउँपालिका स्थाई घर भई हाल काठमाडौं बसोबास गर्नुहुने विभिन्न क्षेत्रमा स्थापित ब्यक्तीत्वहरुको उपस्थिति थियाे ।
कार्यक्रममा उपस्थित संविधानसभा सदस्य जमीन्द्रमान घले, राप्रपा केन्द्रीय सदस्य एवं पुर्व जिविस सभापति हेमजंग गुरूङ, पुर्व राज्यमन्त्री रामबहादुर गुरूङसहित विभिन्न क्षेत्रमा स्थापित ब्यक्तित्वहरूले सुझाव दिएका थिए ।
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट सिलिङबारे जानकारी गराउँदै कृषि, पर्यटन र राेजगारीलाई जाेड्नेगरि काम गर्ने बताए ।

लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















