भीरमा मह काढेर फर्कदा दोर्दी खोलाको खोँचमा खसेर युवक बेपत्ता

लमजुङ । भीरमह काढेर फर्किने क्रममा दोर्दी गाउँपालिका ६, ताँजेका ४८ वर्षीय ठागु घले पहराबाट दोर्दीखोलामा खसेर बेपत्ता भएका छन् ।

ठाउँ अप्ठ्यारो भएका कारण खोजी गर्न नसकेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । केही दिनअघि १५ जनाको टोली भीर मह काढेर गाउँ फर्किने क्रममा दोर्दी गाउँपालिका ७, को महखर्क नजिकैको पहरोबाट घले दोर्दीखोलामा खसेका हुन्।

सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’ को ड्यामक्षेत्रदेखि मुस्किलले ४ घण्टामा हिँडेर पुगिने उक्त ठाउँ भिरालो रहेको र दोर्दीखोलाको खोँच अप्ठ्यारो ठाउँमा रहेकाले बेपत्ता भएकाको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । उनका अनुसार खबर पाएसंगै गाउँबाट खोजीकार्यका लागि युवाहरु खटिएको र संयुक्त सुरक्षाफौजको टोली शुक्रबार घटनास्थलतर्फ गएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले घटनाबारे बिहीबार राती जानकारी आएको र शुक्रबार त्यसतर्फ संयुक्त सुरक्षा फौज गएको बताए ।

खोँचमा खसेका व्यक्तिको उद्दारका लागि उदिपुरस्थित नेपाली सेनाको चण्डीप्रसाद गणका क्याप्टेन, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक र सशस्त्र प्रहरी बल आश्रित गुल्म रानीकुवाका प्रहरी सहायक निरीक्षकसहित १७ जनाको सुरक्षा टोली घटनास्थल पुगेकाे छ । संयुक्त सुरक्षा फौजसंगै स्थानीयले शनिबार बिहानदेखि खोजतलास थालेको प्रहरीले जनाएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist