काठमाडौं । आगामी महिना जिम्बावेमा हुने विश्वकप छनोटका लागि मुख्य प्रशिक्षक मोन्टी देसाइले नेपाली राष्टिय क्रिकेट टीमको घोषणा गरेका छन् ।
आइतबार नेपाल क्रिकेट संघ क्यानले १६ सदसीय विश्वकप छनोट खेल्ने टिमको घोषणा गरेको हो ।
गत चैत्रमा घरेलु मैदानमा सम्पन्न लिग २ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेको नेपाल शिर्ष तीनमा अटाउँदै साझै विश्वकप छनोटमा स्थान बनाएको थियो ।
जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने विश्वकप छनोटको तयारिका लागि नेपाली टिम केहिदिनमा दक्षिण अफ्रिका तयारिका लागि जाँदैछ । र, उतैबाट विश्वकप खेल्न प्रस्थान गर्नेछ ।
आईसीसीले गत मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार समूह ’ए’ मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वे विरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
यस्तै, जुन २० मा नेपालले अमेरिकासंग, जुन २२ मा वेस्ट इन्डिजसंग र जुन २४ मा नेदरल्यान्ड्ससंग समूह चरणको अन्तिम खेल खेल्नेछ ।
नेपालले छ्नोटअघि जिम्बावेमै दुई वार्म अप म्याच पनि खेल्ने भएको छ ।
विश्वकप खेल्ने नेपाली टिमः
रोहित पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महत्तो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















