सहिद सुकमानले देखेकाे सपना पूरा गर्न सबै लागि पराैं : केन्द्रीय सदस्य घले

लमजुङ । नेकपा एमालेका केन्द्रीय सदस्य जमीन्द्रमान घलेले सहिद सुकमान गुरूङले देखेका सपना र याेजना पूरा गर्न सबैजना लागिपर्नुपर्ने बताएका छन् ।

आईतबार मर्स्याङ्दी गाउँपालिका-३ खुदीबजारमा आयाेजित २२ अाैं सुकमान गुरूङ स्मृति दिवस कार्यक्रमलाई संबाेधन गर्दै संविधानसभा सदस्य समेत रहेका गुरूङले देशमा ब्याप्त भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, कुरीति र सबै प्रकारका विभेदकाे अन्त्य हुँदा मात्र सहिद सुकमानप्रति सम्मान हुने बताए ।

हामी सबै उहाँले देखेकाे सपना पूरा गर्ने बाटाेमा हिड्नुपर्ने उनले बताए । अहिले आम मानिसमा नयाँ पार्टीले मात्र भ्रष्टाचारकाे मुद्वा उठाएकाे जस्ताे देखिएपनि एमालेले २३ वर्ष अघि नै यस विषयमा आन्दोलन छेडेकाे र अहिले पनि शुसासनकाे पक्षमा लडिरहेकाे उनकाे भनाई थियाे ।भ्रष्टाचारमा मुछिएका जाे काेहिलाई पनि कारबाही गर्नुपर्छ भन्नेमा आफ्नाे पार्टी एमाले दृढ रहेकाे उनले बताए ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले पालिका भित्रका सहिद तथा वेपत्ताकाे सम्मानमा प्रतिष्ठान गठन गरि काम गरिएकाे बताए । सहिद सुकमानकाे सम्मानमा हर्सिङडाडामा पार्क बनाउन सुरू गरिएकाे र त्यसलाई पूरा गर्ने प्रतिवद्वता जनाए। पालिकामा बेराेजारकाे अन्त्य, आयआर्जनमा बृद्वी गरि आर्थिक सम्वृद्वी गर्नेगरी अगाडि बढ्न खाेजिरहेकाे बताउँदै उनले आगामी बजेटकाे तयारीमा रहेकाले समेट्नुपर्ने कार्यक्रमबारे सुझाव दिन सबैमा आग्रह गरे ।

सहिद तथा बेपत्ता स्मृति प्रतिष्ठान मर्स्याङ्दी गापा-३ खुदीका अध्यक्ष दयासागर घिमिरेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा एमाले लमजुङका उपसचिव जीतबहादुर गुरूङ, एमाले सचिवालय सदस्य एवं निवर्तमान वडाअध्यक्ष प्रेम बस्नेत, एमाले वडा नं. ३ का अध्यक्ष पुर्णसिं गुरूङ, अनेरास्ववियु मर्स्याङ्दीका अध्यक्ष पुर्ण गुरूङले स्मृति मन्तब्य राखेका थिए ।

प्रतिष्ठानका सदस्य एवं वडा नं. ३ का अध्यक्ष दुधमान तामाङले स्वागत र प्रतिष्ठानका सदस्य एवं वडा नं. ७ का अध्यक्ष तिलबहादुर गुरूङले सहजिकरण गरेका थिए ।

कार्यक्रममा पालिका उपाध्यक्ष जुनामाया थापा, वडा नं. २ का अध्यक्ष चेतबहादुर गुरूङ, कार्यपालिका सदस्य पारकाशी गुरूङ, साेमबहादुर विक, सहिद पत्नी सरस्वती गुरूङलगायत वडा सदस्यहरू, बुद्धिजीवी, ढंगै गाउँबासी अादीकाे उपस्थिति थियाे ।

२०५८ जेठ १९ गते एमालेले गरेकाे भ्रष्टाचार तथा मुल्यवृद्वी विरूद्वकाे देशब्यापी आन्दाेलनकाे क्रममा लमजुङ सदरमुकाम बेसीसहरमा प्रहरीकाे गाेली लागेर सुकमानकाे मृत्यु भएकाे थियाे । उनी त्यतिबेला तत्कालीन खुदी गाविसकाे बहालवाला अध्यक्ष थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist