अस्ताए एमाले नेता बमबहादुर थापा

लमजुङ । नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य बमबहादुर थापाको निधन भएकाे छ । क्यान्सर पीडित थापाकाे उपचारका क्रममा शनिबार काठमाडौंमा निधन भएको हाे ।

छातीको क्यान्सरका कारण ३ महिनासम्म भारतको मेदान्त अस्पतालमा उपचार गरी फर्किएका ७१ वर्षीय थापाको शनिबार अपरान्ह ४ बजेतिर मनमोहन मेमोरियल अस्पतालमा निधन भएको हो ।

मर्स्याङ्दी गाउँपालिका ९, पामचोक निवासी थापा दिउँसो आफन्तहरुसंग कुराकानी गरिरहेकै समयमा काठमाडौंस्थित घरमा अचानक ढलेपछि उपचारको लागि मनमोहन मेमारियल अस्पताल लगिएको थियो । अस्पताल लानेवित्तिकै उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । 

थापा नेकपा एमालेबाट २०४९ र २०५४ को स्थानीय निर्वाचनमा साविक सिम्पानी गाविस अध्यक्षमा निर्वाचित भएका थिए । भारतीय सेनाको सेवाबाट २०३९ सालमा सेवा निबृत्त भएपछि उनी शिक्षण पेशामा आवद्ध भएका थिए । शिक्षण पेशासंगै उनी मालेको राजनीतिमा लागेका थिए ।

२०४६ सालमा प्रजातन्त्रको पुनः स्थापनासंगै शिक्षण पेशा त्यागेर उनी पूर्णकालीन रुपमा राजनीतिमा होमिएका थिए । २०४६ सालको प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थापा २०४२ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतमा भएको बमकाण्डमा पक्राउ समेत परेका थिए।

नेकपा एमालेको तत्कालीन इलाका संयोजक हुँदै जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य भएका उनी नेकपा एमालेको अञ्चल कमिटी सदस्य र प्रदेश कमिटी सचिवालय सदस्य समेत भएका थिए । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्य समेत भएका उनले साँढे ५ दशक पार्टीको विभिन्न जिम्मेवारीमा रहेर सक्रिय राजनीति गरेका थिए ।

लमजुङ विद्युत उपभोक्ता संस्थाकाे कार्यबहाक अध्यक्ष समेत भएका उनीले खुदी जलविद्युत आयोजना सरोकार समितिको अध्यक्ष भएरसमेत काम गरे ।

थापाको निधनप्रति नेकपा एमालेका नेता तथा कार्यकर्ताले दुःख व्यक्त गर्दै नेकपा एमालेले एकजना कर्मठ योद्दा गुमाएको उल्लेख गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष कृष्णप्रसाद अधिकारीले थापाको निधनले पार्टीमा अपुरो क्षति पुगेको बताए ।

थापाको निधन भएपछि नेकपा एमाले जिल्ला कमिटी लमजुङले जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आयोजना गर्न लागेको पार्टीका पूर्व जन प्रतिनिधि सम्मान कार्यक्रम र जेठ १६ गते आयोजना गर्ने भनिएको जनवर्गीय संगठनका जिल्ला स्थित केन्द्रिय सदस्यहरुको परिचयात्मक अन्तरक्रिया कार्यक्रम हालका लागि स्थगित गरिएको छ ।

थापाका श्रीमती, २ छोरा, ५ छोरी र १५ जना नातिनातिना छन् । उनका कान्छा छोरा विकास थापा, छाेरी ज्वाईँहरू अस्ट्रेलियाबाट आएपछि साेमबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएकाे छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist