मर्स्याङ्दीमा साना किसान कृषि सहकारी गठन

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा साना किसान कृषि सहकारी संस्था गठन गरिएकाे छ ।

मंगलबार मर्स्याङ्दी गाउँपालिकाकाे वडा नम्बर ३, ८ र ९ का किसान तथा सराेकारवालाहरूकाे भेलाले साना किसान कृषि सहकारी संस्था गठन गरेकाे हाे ।

भेलाले वडा नं. ८ काे निवर्मान वडाअध्यक्ष हिरादेवि घलेकाे अध्यक्षतामा ९ सदस्यीय तदर्थ सञ्चालक समिति गठन गरेकाे छ ।

समितिकाे उपाध्यक्षमा वडा नम्वर ९ बाट लुकुमारी गुरूङ, सचिवमा वडा नम्बर ३ बाट कृष्णकुमारी भण्डारी र काेषाध्यक्षमा वडा नम्वर ९ बाट सीता थापा रहेका छन् ।

यस्तै सञ्चालक सदस्यमा वडा नम्वर ९ बाट भिष्मकान्त कुईकेल, वडा नम्बर ८ बाट गाेविन्द भुजेल र राजकुमारी गुरूङ, वडा नम्वर ३ बाट विमाया विक र मनखुसी गुरूङ रहेका छन् ।

यस्तै गाउँपालिका अध्यक्ष अर्जुन गुरूङ प्रमुख सल्लाहकार रहनेगरि वडा नम्बर ३ का अध्यक्ष दुधमान तामाङ, वडा नम्बर ८ का अध्यक्ष धनसिंङ तामाङ र वडा नम्बर ९ का अध्यक्ष हरिश्चन्द्र थापा सल्लाहकार सदस्य रहेका छन् ।

भेलाले संञ्चालक समितिका अध्यक्ष हिरादेवि घले संयाेजक, नवीनराज कुईकेल सदस्य र एकजना विज्ञ रहनेगरि तीन सदस्यीय कर्मचारी पदपूर्ति समिति गठन गरेकाे छ ।

वडा नम्बर ३ का अध्यक्ष दुधमान तामाङकाे अध्यक्षतामा भएकाे भेलामा नेपाल कृषि सहकारी केन्द्रीय संघका प्रशिक्षक नवराज नेपालले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमलाई संबाेधन गर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले सहकारी मार्फत यहाँ रहेका साना किसानकाे प्रवर्द्धन, उद्योग ब्यवसायकाे विकास र बजारीकरणमा टेवा पुग्ने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, जिसस कार्यपालिका सदस्य बविता मजाकाेटी, गाउँपालिका कार्यपालिका सदस्य पारकाशी गुरूङ, वडा नम्बर ३ का निवर्तमान वडाअध्यक्ष प्रेमबहादुर बस्नेत, कृषि तथा पशु शाखाका प्रमुखलगायत जनप्रतिनिधि, बुद्धिजीवी, किसान तथा महिलाहरूकाे उपस्थिति थियाे ।

सहकारीले एक वर्ष भित्र चार सय सदस्य बनाउने र ३० लाख शेयर तथा बचत संकलन गर्ने लक्ष लिएकाे छ ।

साेही अबधिमा सहकारीलाई गाउँपालिकाभरी विस्तार गर्ने र यहाँ रहेका अन्य कृषि सहकारीलाई मर्ज गरेर एउटै ठुलाे संस्था बनाईने बताईएकाे छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist