कृषि जैविक विविधता दिवसको अवसरमा बेंसीशहरमा जैविक उत्पादन तथा परिकारहरु खुवाउनुकाे साथै प्रदर्शन गरिएकाे छ । जैविक कृषिको प्रवर्द्वननका लागि कृषि ज्ञान केन्द्र लमजुङको आयोजनामा विविध कार्यक्रमको आयोजना गरि उक्त दिवस मनाइएको हो ।
सरकारले यसै बर्षदेखि पहिलो पटक माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन थालेको हो । जीवन तथा वातावरणको लागि कृषि जैविक विविधता भन्ने नाराका साथ यसवर्ष साताव्यापी कार्यक्रम आयोजना गरेको र सोहि क्रममा लमजुङमा विहिबार उक्त दिवस मनाइएको हो ।
गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य पौडेलले कृषिलाई विज्ञानसँग जोड्दै व्यवसायिक कृषिको विकास गर्नसकेमात्रै नेपाल कृषि प्रधान देश भएको सान्दर्भिक हुने बताए ।
सोही कार्यक्रमका विशेष अतिथि गण्डकी प्रदेश सभा सदस्य डा. टकराज गुरुङले बर्षमा एकदिन दिवस मनाउदैमा कृषिको प्रर्द्वन नहुने भन्दै आगामी दिनहरुमा कृषि उत्पादनलाई बृद्धि गर्न थप गतिविधि आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा जिल्ला अदालत लमजुङका प्रमुख शिवप्रसाद खनाल, प्रमुख जिल्ला अधिकारी शुसील बैद्य, बेसीशहर नगरपालिका प्रमुख गुमानसिँह अर्याल लगायतले मन्तव्य राखेका थिए । कृषि ज्ञान केन्द्रका प्रमुख सुदिप खतिवडाले स्वागत सहित कार्यक्रमको औचित्य बारे प्रकाश पारेका थिए भने सोहि कायालयका कृषि अर्थविज्ञ एवं सुचना अधिकारी मदन रेग्मीले कार्यक्रमको सहजिकरण गरेका थिए ।
कृषि ज्ञान केन्द्र परिसरमा भएको औपचारिक कार्यक्रम अघि बेसीशहरको मनाङेचौतारा देखि सचेतनामुलक ¥याली भएको थियो । कार्यक्रमकै अवसरमा जिल्लाका विभिन्न स्थानबाट कृषकहरुले उत्पादन गरेका जैविक उत्पादन तथा विभिन्न परिकार प्रदर्शनी गरिएको थियो ।
पहिचान र प्रयोगको अभावका कारण ग्रामिण भेगमा पाईने कोदो, जोँ, फापर, काउनो लगायतका परम्परागत बाली उपेक्षित अवस्थामा पुगेका हुन् । तर लमजुङका विभिन्न कृषक समुहहरुले भने परम्परागत बालीको जगेर्नामा लागिपरेका छन् ।
कार्यक्रममा घनपाेखरा बीउ बैंक समुहले कागुनाेकाे खिर, सिस्नाेलगायतका रैथाने परिकार खुवाएकाे थियाे ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link















