प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको उपसभामुखमा महिला सांसद निर्वाचित भएका छन् । जसमा प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर शनिबार निर्वाचित भएकी छन् । त्यसैगरी प्रदेशसभामा निर्वाचित भएकामध्ये एमालेको ४, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टीका १-१ छन् ।
प्रदेश १ मा एमालेकी सिर्जना दनुवार, मधेस प्रदेशमा जनमत पार्टीकी बबिताकुमारी राउत ईशर, वाग्मतीमा एमालेकी अप्सरा चापागाई, गण्डकीमा एमालेकी विना थापा, लुम्बिनी प्रदेशमा राप्रपाकी मेनुका खाँण केसी, कर्णालीमा माओवादी केन्द्रकी यशोदा न्यौपाने, सुदूरपश्चिममा एमालेकी कोइलीदेवी चौधरी निर्वाचित भएका छन् । दनुवार र ईशर अल्पसंख्यक समुदायकी हुन् भने सुदूरपश्चिमकी चौधरी कमैया परिवारकी सदस्य हुन् ।
कर्णाली प्रदेशमा प्रदेशसभाको सभामुखको एमालेको नन्दा गुरुङ निर्वाचित भएकी छन् । सभामुख भने कर्णाली प्रदेशबाहेक अन्यत्र सबै पुरुष रहेका छन् ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















