काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेताहरूले वामपन्थी प्रगतिशील शक्तिहरुबीच ध्रुवीकरण गरेर जान सुझाव दिएका छन् । पार्टी केन्द्रीय समितिमा बोल्ने अधिकांश नेताहरूले वामपन्थी प्रगतिशील शक्तिसँग मिलेर जान आग्रह गरेका हुन् ।
‘पार्टी विभाजन भएपछि पुनर्गठन गर्नुपर्ने छ । साथीहरूलाई केन्द्रीकृत गरेर संगठित गर्नुपर्छ भन्ने सुझावहरू आएका छन्’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘पहिला हाम्रो पार्टीलाई बलियो र व्यवस्थित बनाउने त्यसपछि प्रगतिशील वामपन्थी शक्तिसँग सहकार्य र एकता गरेर जानुपर्छ ।’
प्रतिबन्धको अवधिमा जेल परेका नेता कार्यकर्ताको रिहा र मुद्दा फिर्तामा भइरहेको ढिलाइप्रति नेताहरूले गुनासो राखेका छन् ।
पार्टीको सचिवालय, स्थायी समिति, पोलिटब्यूरो बैठक सकिएको छ । अहिले केन्द्रीय समिति कपिलवस्तुको शिवगढीमा चलिरहेको छ । सोमबार बेलुकासम्म केन्द्रीय समिति बैठक सकेर बैठकको निर्णय सार्वजनिक गर्ने तयारी गरिएको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















