द आईटारी हाेटल एण्ड रेष्टुरेन्ट : बेसीसहरकाे भ्यु हेर्दै खान पाईन्छ स्वादिष्ट परिकार

लमजुङको सदरमुकाम बेसीसहरसहित वरपरका भ्यु हेरेर स्वादिष्ट परिकार खाने ईच्छा छ ? तपाईकाे ईच्छा द आईटारी हाेटल एण्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएर दुई युवाले पूरा गरिदिएका छन् । बेंसीशहर नगरपालिका ९ आँगेटारीमा सञ्चालनमा ल्याईएकाे द आईटारी होटल एण्ड रेष्टुरेष्टमा मनाेरम भ्यु, शान्त वातावरण र स्वादिष्ट परिकारकाे समिश्रण छ । यहाँ आउने ग्राहकले चील पारामा स्वादिष्ट परिकारकाे स्वाद लिन पाउनेछन् ।

वेसीसहर-९ पाखाथोकका कुमार अर्याल र आयुश दिक्षितले उक्त रेष्टुरेष्ट सञ्चालनमा ल्याएका हुन् । सञ्चालक कुमार अर्यालका अनुसार रेष्टुरेष्टका लागि २ तले भवन निर्माण गरिएको छ । मिटिङ हल निर्माणको चरणमा छ । सुरुवातमा बास बस्नका लागि दुई कोठा तयार पारिएको छ । दुई कोठा निर्माण गरिँदै छ । कटेज निर्माणको चरणमा छ । करिव ६५ लाख रुपियाँमा रेष्टुरेष्ट सञ्चालन गरिएको उनले बताए । संरचना बढाउँदै जाँदा लगानी पनि बढाउँदै लैजाने अर्यालले बताए।

पर्यटकलाई लक्षित गरेर रेष्टुरेष्ट सञ्चालन गरिएको अर्यालले बताए । रेष्टुरेष्ट पर्यटकीय गाउँ घलेगाउँ, भुजुङ जाने बाटो पर्ने भएकाले उक्त बाटो आउजाउ गर्ने पर्यटकलाई सहज हुने छ । बेंसीशहरबाट नजिकै भएकाले बेंसीशहरका नागरिकलाई पनि त्यहाँ जान सहज हुनेछ ।
 
सञ्चालक आयुश दिक्षितका अनुसार ७ रोपनी जग्गामा संरचना बनेको छ । रेष्टुरेष्टमा सम्पूर्ण रेष्टुरेष्ट आइटमहरु सुपथ मूल्यमा पाइनेछ। हाल ४ जनालाई रोजगार प्रदान गरिएको छ । विवाह, पार्टी, गोष्ठी, कार्यक्रम गर्न पनि सहज हुने छ ।

रेष्टुरेन्ट पुगेका पर्यटन प्रवर्दक एवं पुर्व वडाअध्यक्ष सुमन गुरूङले स्वादिष्ट परिकार र मनाेरम दृश्यले मन लाेभ्याएकाे बताए ।

उक्त रेष्टुरेष्टको उद्घाटन गर्दै बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले दुई युवाले वडा र नगरपालिकाको पर्यटन विकासमा सघाउ पुग्ने काम गरेको बताए । उक्त क्षेत्र आउने पर्यटकलाई सहज हुने उनकाे भनाई थियाे ।व्यवसायीले ग्राहकको इच्छालाई मध्यनजर गर्नुपर्ने, फरक स्वाद र फरक व्यवस्था हुनुपर्ने उनले बताए।

उक्त क्षेत्र पर्यटकीय सम्भावना बोकेको ठाउँ रहेकाले यहाँ जिपलाइन, बम्जीजम्प, रक क्लाइम्बिङका लागि अध्ययनको चरणमा रहेको मेयर अर्यालले बताए।

उपप्रमुख पद्मा गुरुङले अहिलेका मानिसले कमाएको केही प्रतिशत रकम मनोरञ्जनमा खर्चन चाहने भएकाले यस्ता व्यवसाय आवश्यक पर्ने बताईन। नयाँ ठाउँ आउन चाहने पर्यटकलाई रेष्टुरेष्टले सहज बनाउने उनकाे भनाई थियाे ।

द आईटारी रेष्टुरेन्ट
लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist