विश्वकपः समूह ‘सी’ बाट अर्जेन्टिना र पोल्यान्ड अन्तिम १६ मा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ बाट अर्जेन्टिना र पोल्यान्ड अन्तिम १६ मा प्रवेश गरेका छन् ।

स्टेडियम नाइन सेभेन फोरमा सम्पन्न समूह चरणको अन्तिम खेलमा पोल्यान्डलाई २–० गोलको नतिजमा पराजित गर्दै अर्जेन्टिना समूह ‘सी’ को विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको हो ।

पराजित भएपनि पोल्यान्ड गोल अन्तरमा मेक्सिको लाई पछि पार्दै समूह उपविजेताका हैसियतले अन्तिम १६ प्रवेश गरेको हो ।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलिएन एलभरेजले गोल गरे ।

खेलको ३९औं मिनेटमा पाएको पेनाल्टि सदुपयोग गर्न नसक्दा अर्जेन्टिना अग्रता लिन चुकेको थियो ।

पोल्यान्डका गोलकिपर ओज्सिज सजजेस्नीले पेनाल्टि बक्स भित्र लियोनेल मेसीलाई फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टि पाएको थियो । सोहि पेनाल्टिमा मेसीले गरेको प्रहार सजजेस्नीले उत्कृष्ट बचाउ गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४६औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

एलभरेजले ६७औं मिनेटमा गोल गरेसँगै अर्जेन्टिनाले २–० को नतिजमा जित पक्का गरेको हो ।

समूह ‘सी’ कै अर्को खेलमा साउदीअरबलाई २–१ गोलको नतिजमा पराजित गरेपनि मेक्सिको पोल्यान्डसँग गोल अन्तरमा पछि परेपछि बाहिरिएको छ ।

विश्वकप दावेदार मानिएको अर्जेन्टिनाले पहिलो खेल साउदीअरबसँग २–० गोलको नतिजामा पराजित हुँदै खराब सुरुआत गरेको थियो । दोस्रो खेलमा मेक्सिकोलाई २–० गोलको नतिजमा पराजित गर्दै अर्जेन्टिनाले अन्तिम १६ पुग्ने सम्भावना जिवितै राखेको थियाे ।

उतारचडावपूर्ण रहेको अर्जेन्टिनाको समूह चरण यात्रामा जितसँगै ६ अंक जोडेर शिर्ष स्थानमा रहयो ।

पहिलो खेल मेक्सिकोसँग गोलरहित बराबरीमा खेलेको पोल्यान्डले दोस्रो खेलमा साउदीअरबलाई २–० गोलको नतिजमा पराजित गरेको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist