एमाले बाघ र बाज जस्तो हो, गठबन्धनको आँधीहुरी छिचोलेर अघि बढ्छ : पृथ्वीसुब्बा गुरुङ


नेकपा (एमाले) का उपमहासचिव एवं लमजुङका प्रतिनिधि सभाका उम्मेद्वार पृथ्वीसुब्बा गुरुङले सत्ता गठबन्धनको आँधीहुरीको सामना गर्न एमाले तयार रहेको बताएका छन् ।

लमजुङको मस्र्याङ्दी गाउँपालिकाका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिँदै नेता गुरुङले सत्ता गठबन्धन सर्प, विच्छी र भ्याकुताको गठजोड भएको आरोप लगाए । उनले आफ्नो पार्टी ‘बाघ र बाज’ जस्तो भएकाले उनीहरुको सामना गर्न काफी रहेको बताए ।

‘गठबन्धनमा समाजवादी भन्नेहरु, संघियता विरोधी, दलाल पुँजीबादको पक्षपोषण गर्ने र क्षेत्रियतावादीहरु छन् । यो कहिँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो, सर्प विच्छी, भ्याकुताहरुको गठजोड हो’, उनले भने, ‘यी सबैको सामना गर्न एमालेसँग सामथ्र्य छ । हामी बाघ र बाज जस्ता हौं, राजालाई लत्कार्न सक्ने मदन भण्डारीका चेला हौं ।’

उनले गठबन्धनका उम्मेद्वार नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङलाई १० हजार मतले पराजित गर्ने दावी गरे । ०७४ मा एमाले र माओवादीविच गठबन्धन गर्ने, चुनवापछि पार्टी एकतापनि गर्ने भनेकाले देव गुरुङलाई कँही उठ्ने ठाउँ नपाएपछि आफुँले लमजुङ ल्याएको उनले बताए ।

‘हिजो गठबन्धन गर्ने भनिहालियो, हामी एकता पनि गर्छौ चुनावपछि भनेकाले, एकता नभाँडियोस भनेर, कम्युनिष्ट एकताका लागि, काँग्रेसलाई हराएर कम्युनिष्टको सरकार बनाउन देव गुरुङलाई मनाङबाट ल्याएका हौं’, उनले भने, ‘नेपालीमा उखानै छ नि, एक दिनको पाउना मिठोमिठो खा, दुई दिनको पाउना जसोतसो खा, तीनदिनको पाउना जतासुकै जा भने जस्तो अब उनी जतासुकै जाउन । उनलाई पराजित गरेर छोड्नुपर्छ ।’

‘एक बाम एक ठाम भनेर ०४८ ल्याएर जिताउने प्रयास गयौं, २६ वर्षसम्म कता हराए हराए फेरी ०७४ मा ल्याएर जिताएर पठायौं’, देव गुरुङप्रति टिप्पणी गर्दै उनले भने, ‘जितेपछि कता हराए हराए, मैले जितेर मुख्यमन्त्री नभएको भए अलिअलि विकास पनि नहुने रहेछ । उहाँले लमजुङका लागि सिन्को भाँच्नुभएन, कार्यकर्ता चिन्नुछैन, जिल्लामा आउनु छैन, उल्टै काँग्रेसको बुई चढेर हामी माथि गीर खेल्न आउने ? अव पनि देव गुरुङलाई भोट हाल्नु भनेको कुकुरलाई मासु पैंचो दिएको जस्तो हो ।’

उनले आफुँ र आफ्नो पार्टीले जितेमा कस्तो विकास गर्ने भनेर नयाँ नयाँ र र्दीघकालिन योजना बनाएको सुनाए ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं लमजुङका इन्चार्ज मायानाथ अधिकारीले पृथ्वीसुब्बा गुरुङ ०३४ सालदेखि लमजुङको जनता र विकासका लागि निरन्तर लागिपरेको बताए । ‘उहाँ हिजोका दिनमा जितेपनि, हारेपनि यहाँका जनताको सुखदुख र विकासका लागि निरन्तर लागिरहनुभएको छ । जमीन्द्रमान घले र कृष्ण अधिकारी पनि पदमा रहँदा र नरहँदा पनि जनताको सेवामा तल्लिन हुनुहुन्छ । अरु त जितेपनि हारेपनि जिल्ला फर्कदैनन ।’

प्रदेश सभा (क) का उम्मेदवार जमीन्द्रमान घलेले आफुले जितेमा हिजोका दिनमा मुख्यमन्त्री हुँदा पृथ्वीसुब्बा गुरुङले थालेका अधुरा काम पुरा गर्ने बताए । बेरोजगारीको अन्त्य, विकास निर्माण, सुशासनका काम गर्ने उनले बताए ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनन्जय दवाडीले कम्युनिष्ट आन्दोलन बचाउन, राष्ट्रियता बचाउन, संघीयता बलियो बनाएर देशको विकास र सम्वृद्धीका लागि एमालेका उम्मेदवारलाई जिताएर बहुमतको सरकार बनाउन आवश्यक रहेको बताए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist