काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले लगातार दुई पटक जितेको काठमाडौं क्षेत्र नम्बर ४ छाडेर सर्लाही ४ मा चुनाव लड्ने भएका छन् ।
कांग्रेसको टिकट अझै टुंगिसकेको छैन तर गगन निकट स्रोतले भने उनी सर्लाही ४ जान लागेको जनाएको छ ।
शेरबहादुर देउवा स्वर्णिम वाग्लेलाई कतैबाट पनि टिकट दिन नचाहेपछि गगनले आफ्नो क्षेत्र स्वर्णिमलाई छाडेर सर्लाही ४ मा जाने बताएका छन् ।
सर्लाही ४ मा अमरेशकुमार सिंहलाई रोकेर स्थानीय कांग्रेसले गगन थापाको नाम सिफारिस गरेको थियो भने जिल्लाका नेताहरू मधेसबाट चुनाव लड्न आग्रह गर्दै डेलिगेसन समेत आएका थिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















