काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि १० हजार ८८८ मतदान स्थल कायम गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम निर्वाचन आयोगले मतदान स्थल कायम गरेको हो ।
मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको संख्या, सुविधा एवं सुरक्षाको अवस्थासमेतलाई मध्यनजर गरी केही मतदान स्थल पुनरावलोकन गरिएको हो ।
कार्यविधिमा भएको व्यवस्था बमोजिम २०७९ साउन १ गतेदेखि मतदान स्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरेको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव सुर्यप्रसाद अर्यालले जानकारी दिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















