लमजुङमा प्रतिनिधि सभाका लागि काँग्रेसबाट १२ जनाको सिफारिस

नेपाली कांग्रेस लमजुङले प्रतिनिधि सभा निर्वाचनका लागि १२ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ । शुक्रबार बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभाको उम्मेदवारका लागि प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको हो ।

उम्मेदवारमा नाम सिफारिस हुनेमा जिल्ला सभापति डा. टकराज गुरुङ, पूर्व सभापति तुलसीनारायण श्रेष्ठ, संविधानसभा सदस्य चन्द्रबहादुर कुंवर, नेपाल सांस्कृतिक महासंघका अध्यक्ष तीर्थबहादुर थापा, नेताहरु विष्णुप्रसाद धिताल, यमबहादुर गुरुङ र डा. बासुदेव गिरी रहेका छन् ।

यस्तै समानुपातिकतर्फ कोपिला विक, कृष्णमाया विक, तिरकाशी गुरुङ, शुभनाथ मिश्र र गर्जबहादुर गुरुङको नाम सिफारिस भएको छ ।

पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्ती भने यसपटक जिल्लाबाट प्रत्यक्ष र समानुपातिक दुवैमा परेका छैनन् । उनी २०६४ र २०७४ को निर्वाचनमा लमजुङबाट पराजित भएका थिए ।

काँग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवार सिफारिस भएपनि यहाँ नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सत्ता गठबन्धनबाट उठ्ने इच्छा देखाएका छन् । उनी सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलमा क्रियाशिल छन् ।

नेपाली काँग्रेस लमजुङका सभापति डा. टकराज गुरुङले केन्द्रको निर्णयपछि जुन सिट छोड्नुपर्ने भएपनि आफुँहरु तयार रहेको बताए । ‘केन्द्रमा सिट बाँडफाँडको तयारी भैरहेको छ, हामी प्रतिनिधि या प्रदेश सभा जुन छोड्नपनि तयार छौं’, गुरुङले भने । प्रक्रियागत रुपमा अहिले सिफारिस भएका नामहरु गठबन्धन हुँदा केन्द्रबाट हेरफेर हुनसक्ने उनले बताए ।

काँग्रेस कार्यकर्ताहरुले आफ्नै पार्टीबाट उम्मेदवार हुनुपर्ने आवाज उठाएपनि नेतृत्व तह भने गठबन्धन गरेरै निर्वाचनमा जाने मुडमा छ । २०७४ को निर्वाचनमा बाम गठबन्धन हुँदा प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सिट गुमाएको काँग्रेस यसपटक गठबन्धन गरेर भएपनि पुरानो साख फर्काउने मुडमा छ । २०७४ को निर्वाचनमा बाम गठबन्धनबाट प्रतिनिधि सभामा देव गुरुङले काँग्रेसका दिलबहादुर घर्तीलाई पराजित गरेका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist