व्याडमिन्टन प्रतियोगिताको उपाधी लमजुङ साईनो टिमलाई

तिजको अवसरमा बेसीसहरस्थित लमजुङ मर्स्याङ्दी युवा क्लवले आयोजना गरेको व्याडमिन्टन प्रतियोगिताको उपाधी लमजुङ साईनो समुहले जितेको छ । सो टिममा रहेका भोटेओडारका सुजन थापा र दिपक रानाको जोडिले उपाधी जितेको हो ।

क्लवका पुर्व अध्यक्ष प्रविण कुमार कायस्थको स्मृतिमा आयोजित खुल्ला युगल व्याडमिन्टन प्रतियोगितामा चितवनका राजु थापा र प्रियांशु सिँह क्षेत्रीको जोडिलाई पराजित गर्दै लमजुङ साईनो टिमले उपाधी जितेको हो । थापा र क्षेत्रीको जोडि उपविजेता भएको छ । 

प्रतियोगितामा बुटवलका गणेश थापा र विवेक न्यौपानेको जोडी सँगै कास्कीका विशाल खड्का र विधान अधिकारीको जोडि सान्तवना भएका छन् । प्रतियोगिताका बिजयीलाई शनिवार पुरस्कार वितरण गरिएकाे छ । 

प्रतियोगिताका विजेताले नगद ४० हजार सहित मेडल र प्रमाणपत्र पाएका छन् भने उपविजेताले  नगद २५ हजार सहित मेडल र प्रमाणपत्र र दुई समुहले नगद १० हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।  

बेसीशहर नगरपालिका प्रमुख गुमानसिँह अर्यालको प्रमुख अातिथ्यतामा पुरस्कार वितरण भएको हो । क्लवका कार्यबाहक अध्यक्ष विजय श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा क्लवका सचिव रियाज मियाले सहजिकरण र अध्यक्ष जुन तामाङले धन्यबाद सहित समापन गरेका थिए ।

तीन दिनसम्म जारी रहेको प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा लमजुङ सहित गोरखा, चितवन, बुटवल काठमाण्डौ लगायतका ठाउँबाट प्रतिष्पर्धामा सहभागिता जनाएका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist