जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

लमजुङ । जलविद्युतको क्षेत्रमा लमजुङका प्रमुख राजनीतिक दल र सरोकारवालाहरुले १५ बर्ष अघि गरेको एउटा प्रतिवद्धता पुरा हुन नसकेको पाइएको छ ।

लमजुङमा दश बर्षमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने राजनीतिक दल तथा सरोकारवाला पक्षले गरेको प्रतिवद्धता पुरा हुन नसकेको हो । देशमा शान्ती स्थापना भएपछि तत्कालिन नेकपा माओवादीसहित प्रमुख राजनीतिक दलहरुले २०६६ साल बैशाख १ गते दश बर्षमा एक हजार मेगावाट विद्युत उत्पादन गर्नेसहितका केही प्रतिवद्धता गरेका थिए ।

जिल्लालाई लगानी मैत्री वातावरण बनाउन जारी गरिएको घोषणापत्रमा दश बर्षमा एक हजार मेघावाट बिद्युत उत्पादन गर्ने, लगानी वातावरण श्रृजना गर्न वन्द हडताल जस्ता नकारात्मक कार्यहरु पूर्णरुपमा निरुत्साहित गर्ने, प्रतिपरिवारले बिद्युत क्षेत्रमा एक लाख रुपियाँसम्म लगानी गर्ने वातावरण बनाउने बुँदा थिए । यतिबेला जिल्लामा जलविद्युतको क्षेत्रमा लगानीमैत्री वातावरण भएर दर्जनौ जलविद्युत आयोनाहरु निर्माण भएपनि लक्ष्य भने पूरा हुन सकेको छैन् ।

हाल लमजुङमा १७ वटा जलविद्युत आयोजनाबाट करिब तीन सय मेगावाट विद्युत उत्पादन भएको छ । विद्युत उत्पादनको क्षमता बर्खा र हिउँदमा भने फरक हुने गरेको छ । लमजुङमा अहिले ११ वटा जलविद्युत आयोजना निर्माणाधिन रहेकाछन् ।

१५ बर्ष अघिको घोषणापत्रमा एकिकृत नेकपा माओबादीका सचिब मोहनहरी पौडेल, नेपाली कांग्रेसका सचिब अर्जुन पराजुली, नेकपा एमालेका सचिब मायानाथ अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यालय सचिब तीलक गौतम र गैरसरकारी संस्था स्ववलम्बी समाज सेवा केन्द्रका संस्थापक अध्यक्ष स्थिरबाबु घिमिरेले सयुक्त रुपमा हस्ताक्षर गर्नु भएको थियो ।

हस्ताक्षर गर्ने मध्ये नेपाली कांग्रेस लमजुङका सचिव अर्जुन पराजुली र स्ववलम्बी समाज सेवा केन्द्रका संस्थापक अध्यक्ष स्थिरबाबु घिमिरेको निधन भईसकेको छ । त्यतिवेलाका हस्ताक्षरकर्ता एकिकृत नेकपा माओबादीका सचिब पौडेल अहिले नेकपा (एमाले) को प्रदेश कमिटि सचिवालय सदस्यमा हुनुहुन्छ ।
प्रतिवद्धता पत्रमा हस्ताक्षरकर्ता मोहनहरि पौडेलले त्यतिबेला राजनीतिक दलहरुले गरेको प्रतिबद्धता र उदेश्य अहिलेपनि उत्तिकै सान्र्दभिक र महत्वको रहेको बताउनुभयो । “त्यतिबेला खोलानाला एउटा वर्गको झोलामा थिए । जनताको लगानीको अबसर थिएन । रोजगारी र रोयल्टीका कुरा थिए । लगानीमैत्री बातावरण थिएन”, पौडेलले भन्नुभयो, “दलहरु र सरोकारवालाविच भएको प्रतिवद्धताले लगानीमैत्री वातावरण बनायो । जिल्लाबासीले जलविद्युतमा लगानी गर्न पाए । प्रभावितले संस्थापक र पब्लिक शेयर पाए । रोयल्टीपनि बढ्यो ।”

उहाँले त्यतिबेला जिएमआरको छ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी–१ जलविद्युत आयोजना बन्ने तयारीमा रहेकाले एकहजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको बताउनुभयो । लगानी जुटाउन र अन्य कारणले सो आयोजना नबन्दा प्रतिबद्धता अनुसारको लक्ष्य नपुगेको उहाँको भनाई छ ।

त्यतिबेला राजनीतिक दलहरुको संयन्त्रले काम गरेपनि यतिबेला तीन तहका सरकार बनेकाले जनप्रतिनिधिहरुले यस विषयमा ध्यान दिनुपर्ने राजनीतिक दलका नेताहरुले बताएका छन् । “जलविद्युतबाट जिल्लालाई के कति फाइदा भए । हाम्रा हिजोका प्रतिबद्धता र आजको काम गराई कस्तो भयो एक पटक पुनः समिक्षा हुन जरुरी छ”, हस्ताक्षरकर्ता नेकपा एमाले केन्द्रीय अनुसासन आयोगका सदस्य मायानाथ अधिकारीले भन्नुभयो, “जलविद्युतमा अझै राम्रो गर्न र प्रभावितको अपनत्व बढाउन दलहरु अझै लाग्नुपर्छ ।”

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले दश बर्षमा १० हजार मेघावाट बिद्युत उत्पादन गर्ने लक्ष्य लिँदा लमजुङका दलहरुले पनि जिल्लामा दश बर्षमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने प्रतिवद्धता जनाएका थिए । १५ वर्ष अघिको प्रतिवद्धताका विषयमा अहिले छलफल र समिक्षा हुन सकेको छैन् ।

लमजुङमा दुई हजार पाँच सय मेगावाट क्षमता विद्युत् उत्पादन हुन सक्ने जलस्रोत रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । केही आयोजना निर्माणका लागि पिपिएका चरणमा र केही आयोजना लगानी जुटाउने तरखरमा रहेका छन् ।

 

+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist