लमजुङ । लमजुङको सिङ्दी र सिउरुङ होमस्टेका आमाहरुलाई विभिन्न परिकारका खानेकुरा बनाउने तालिम दिइएको छ । होमस्टेमा आउने पाहुनालाई खुवाउन विभिन्न परिकार बनाउन सिकाइएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले क्ब्होंलासोथार गाउँपालिका–५, सिङ्दी होमस्टेका सत्र जना र मस्र्याङ्दी गाउँपालिका–३, सिउरुङ होमस्टेका अठार जना आमाहरुलाई परिकार बनाउने तालिम दिएको हो । दुबै गाउँमा बिस÷बिस घरमा होमस्टे रहेको छ ।
तालिमले रैथाने बालीको धेरै परिकारहरु बनाउन सिकाएको सिङ्दी होमस्टेका सञ्चालक सुमित्रा गुरुङले बताउनुभयो । “कोदो, मकै, फापरको ढिँडो मात्र बनाएर खान्थ्यौं”, सुमित्राले भन्नुभयो, “तालिमपछि यी बस्तुबाट धेरै परिकार बनाउन जान्यौं । अब मिठा मिठा परिकार बनाएर आफुँपनि खान्छौं र पाहुनालाई पनि खुवाउँछौं ।”
सिउरुङ होमस्टेकी सञ्चालिका चन्द्रकाशी गुरुङले फापरको स्वादिलो चाउमिन बनाउन सिकेको बताउनुभयो । “रैथाने बाली फपरको चाउमिन बनाउन सकिने रैछ, किन बजारको मैदाको चाउमिन खानुप¥र्यो र”, उहाँले भन्नुभयो, “घरमै फापरको चाउमिन, केक, ढोक्ला, परौठा जस्ता स्वादिला परिकार बनाउन जानेपछि खुसी लाग्यो ।”
दुबै गाउँका आमाहरुलाई तीन÷तीन दिनको परिकार बनाउने तालिम दिइएको एक्यापले जनाएको छ । होमस्टेमा आउने पाहुनाहरुलाई रैथाने बालीबाट स्वादिला परिकारहरु बनाउन सिकाइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाका कार्यालय भुजुङका प्रमुख प्रमोद रेग्मीले जानकारी दिनुभयो । आमाहरुलाई होमस्टेमा आउने पाहुनाहरुलाई स्वागत सत्कार र विदाई गर्ने तरिकाहरु पनि सिकाइएको उहाँले जानकारी दिनुभयो ।
आमाहरुलाई फापरको रोटी, ढोक्ला, परौठा, चाउमिन, कोदोको रोटी, प्यानकेक, मःमः, ढिंडो, मासको बारा, पकौडा, मनसुली चामलको खिर, पुलौ, गोलभेंडाको पिनेको अचार, कालो भट्टको साँधेको अचार जस्ता ३३ प्रकारका सामाग्री बनाउन सिकाइएको रेग्मीले बताउनुभयो । उहाँकाअनुसार मकैको पुवा, कोदोको सुप, गुन्द्रुक आचार, सिस्नोको तरकारी, उसिनेको गहुँ फ्राई, गाँजर तथा फर्सीका हलुवा जस्ता धेरै परिकार बनाउन आमाहरुलाई सिकाइएको छ ।

- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/

















