पूर्व प्रहरीको हत्यारा अझै पक्राउ परेनन

 

लमजुङ । लमजुङमा प्रहरी बिट नजिकैको एक घरमा पूर्व प्रहरी हबल्दारको विभत्स हत्या भएको एक महिना पुग्दापनि अझै हत्यारा पत्ता लागेको छैन् ।

बेसीशहर नगरपालिका–२ भकुण्डेस्थित अस्थायी प्रहरी बिट नजिकै घर हुनुभएकी ४७ बर्षीय सीता धिताल कडेँलको गत चैत ३१ गते शव फेला परेको थियो । उहाँको चैत २७ गते हत्या भएको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ ।

विभत्स तरिकाले हत्या गरिएको कंडेलको शव कोठाको पलाङको प्लाईभित्र त्रिपालले बेरिएको अबस्थामा फेला परेको थियो । शव पलाङ भित्र रहेपनि कोठाको चापी लगाएको भेटिएको थियो । तर, घटना भएको करिब एक महिना वित्न लाग्दापनि प्रहरीले सो घटनाको हत्यारा पत्ता लगाउन सकेको छैन् ।

प्रहरीका अनुसार सीताको हत्या नै भएको पोष्टमार्टमबाट समेत खुलेको छ । प्रहरीले हत्याराको पहिचान भइसकेको र आवश्यक सबै प्रक्रिया अघि बढाएको बताएको पनि धेरै भैसकेको छ । तर, अभियुक्त पक्राउ पर्न नसक्दा घटना झनै रहस्यमय बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहराले अहिलेसम्म हत्यामा संलग्न अभियुक्त पक्राउ नपरेको र अनुसन्धान जारी रहेको बताउनुभयो ।

प्रहरीले सीतासँग राम्रो चिनजान भएका र नजिककाहरुसँग सोधखोज गरे पनि शंकास्पद एक जनालाई केन्द्रविन्दुमा राखेर अनुसन्धान गरिहेको छ । हत्यापछि घरभित्रै शव राखेर ढोकामा ताला लगाएका कारण हत्यारा योजनाका साथ आएको हुनसक्ने प्रहरी अनुमान छ ।

घटना भएको दिन एक युवक सीताको घरमा आएको सिसिटिभी क्यामरामा देखिएको प्रहरी अनुसन्धानमा भेटिएको छ । सो ब्यक्तिसँग सीताको केही कारोबार रहेको बताइन्छ । आशंका गरिएका ती युवकको मोवाइल अफ रहेको र घरपरिवार नातागोतामा समेत सम्पर्कमा नरहेकाले अनुसन्धान उनिमाथी केन्द्रित रहेको प्रहरी भनाई छ ।

तराई तिरका ति युवक घटनापछि बेपत्ता रहेको र छिमेकी देश भारततर्फ गएको हुनसक्ने प्रहरी अनुमान छ । नाम सार्वजनिक गर्दा अभियुक्त झनै भाग्न सक्ने भएकाले गोप्य राखिएको प्रहरी प्रमुख बोहोराले बताउनुभयो ।

कडेँल घरमा एक्लै बस्दै आउनुभएको थियो । उहाँका छोरा बुहारी अष्ट्रेलिया छन् । लामो समयदेखी आमासँग सम्पर्क नभएपछि उहाँका छोरा अभिनास कडेँलले छिमेकीलाई फोन सम्पर्क गरेर आमाको अवस्थाबारे सोधपुछ गरेका थिए । खोजीको क्रममा घर वरपर शवको गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी आएर घरको ताला फोड्दा ओच्छ्यानको प्लाई भित्र त्रिपालले बेरिएको अवस्थामा कडेँलको शव फेला परेको थियो ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist