लमजुङ । लमजुङमा प्रहरी बिट नजिकैको एक घरमा पूर्व प्रहरी हबल्दारको विभत्स हत्या भएको एक महिना पुग्दापनि अझै हत्यारा पत्ता लागेको छैन् ।
बेसीशहर नगरपालिका–२ भकुण्डेस्थित अस्थायी प्रहरी बिट नजिकै घर हुनुभएकी ४७ बर्षीय सीता धिताल कडेँलको गत चैत ३१ गते शव फेला परेको थियो । उहाँको चैत २७ गते हत्या भएको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ ।
विभत्स तरिकाले हत्या गरिएको कंडेलको शव कोठाको पलाङको प्लाईभित्र त्रिपालले बेरिएको अबस्थामा फेला परेको थियो । शव पलाङ भित्र रहेपनि कोठाको चापी लगाएको भेटिएको थियो । तर, घटना भएको करिब एक महिना वित्न लाग्दापनि प्रहरीले सो घटनाको हत्यारा पत्ता लगाउन सकेको छैन् ।
प्रहरीका अनुसार सीताको हत्या नै भएको पोष्टमार्टमबाट समेत खुलेको छ । प्रहरीले हत्याराको पहिचान भइसकेको र आवश्यक सबै प्रक्रिया अघि बढाएको बताएको पनि धेरै भैसकेको छ । तर, अभियुक्त पक्राउ पर्न नसक्दा घटना झनै रहस्यमय बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहराले अहिलेसम्म हत्यामा संलग्न अभियुक्त पक्राउ नपरेको र अनुसन्धान जारी रहेको बताउनुभयो ।
प्रहरीले सीतासँग राम्रो चिनजान भएका र नजिककाहरुसँग सोधखोज गरे पनि शंकास्पद एक जनालाई केन्द्रविन्दुमा राखेर अनुसन्धान गरिहेको छ । हत्यापछि घरभित्रै शव राखेर ढोकामा ताला लगाएका कारण हत्यारा योजनाका साथ आएको हुनसक्ने प्रहरी अनुमान छ ।
घटना भएको दिन एक युवक सीताको घरमा आएको सिसिटिभी क्यामरामा देखिएको प्रहरी अनुसन्धानमा भेटिएको छ । सो ब्यक्तिसँग सीताको केही कारोबार रहेको बताइन्छ । आशंका गरिएका ती युवकको मोवाइल अफ रहेको र घरपरिवार नातागोतामा समेत सम्पर्कमा नरहेकाले अनुसन्धान उनिमाथी केन्द्रित रहेको प्रहरी भनाई छ ।
तराई तिरका ति युवक घटनापछि बेपत्ता रहेको र छिमेकी देश भारततर्फ गएको हुनसक्ने प्रहरी अनुमान छ । नाम सार्वजनिक गर्दा अभियुक्त झनै भाग्न सक्ने भएकाले गोप्य राखिएको प्रहरी प्रमुख बोहोराले बताउनुभयो ।
कडेँल घरमा एक्लै बस्दै आउनुभएको थियो । उहाँका छोरा बुहारी अष्ट्रेलिया छन् । लामो समयदेखी आमासँग सम्पर्क नभएपछि उहाँका छोरा अभिनास कडेँलले छिमेकीलाई फोन सम्पर्क गरेर आमाको अवस्थाबारे सोधपुछ गरेका थिए । खोजीको क्रममा घर वरपर शवको गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी आएर घरको ताला फोड्दा ओच्छ्यानको प्लाई भित्र त्रिपालले बेरिएको अवस्थामा कडेँलको शव फेला परेको थियो ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/