लमजुङ । लमजुङमा सामुदायिक वनमा नेतृत्व गर्ने १६ जना महिलालाई सम्मान गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लमजुङले छैठौँ परिषद्को अबसरमा सामुदायिक वनको नेतृत्व गर्ने १६ जना महिलालाई सम्मान गरेको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ लमजुङमा तीन सय ३९ वन उपभोक्ता समूह आवद्ध छन् । यी मध्ये तीनवटा समूह महिलाले मात्र सञ्चालन गरेका छन् भने १३ वटा समूहमा महिला अध्यक्ष रहेका छन् । सामुदायिक वनको नेतृत्व गर्ने महिलाहरुलाई थप हौसला र प्रेरणा प्रदान गर्न सम्मान गरिएको जिल्ला महासंघ लमजुङका अध्यक्ष शान्ता सापकोटाले बताउनुभयो ।
सम्मानित हुनुहुनेमा भोटेचौर सामुदायिक वन बेसीसहर–६ को गंगामाया रिमाल, कालिका सामुदायिक वन राइनास–८ को सरिता श्रेष्ठ, कटहरबारी सामुदायिक वन राइनास–८ का केशरी सडौला, केरावारी सामुदायिक वन बेसीसहर–१० को सपना गुरुङ रहनुभएको छ । यसैगरी, ठूली सामुदायिक वन बेसीसहर–११ को निता सेढाई, ठूलोभीर सामुदायिक वन बेसीसहर–३ को उशा बराल, ग्याङ्दीपाखा सामुदायिक वन बेसीसहर–१ को डिलकुमारी गुरुङ, उत्तरपानी सामुदायिक वन दोर्दी–३ को गोमा घिमिरे, कुसुण्डे सामुदायिक वन सुन्दरबजार–८ को उमा घर्ती सम्मानित हुनुभएको छ ।
यसैगरी महिला नमूना सामुदायिक वन दोर्दी–१ को विमला भुजेल, मनकामना सामुदायिक वन मध्यनेपाल–४ को शोभा राना, गौरीशंकर सामुदायिक वन मध्यनेपाल–७ को राज्यलक्ष्मी सोती, जीवनआधार सामुदायिक वन मध्यनेपाल–७ को सविता घिमिरे, ज्वालादेवी सामुदायिक वन मध्यनेपाल–७ को अम्विका घिमिरे र जलजले पातल सामुदायिक वन दोर्दी–१ को जनमाया गुरुङ सम्मानित हुनुभएको महासंघ लमजुङका सचिव भोलानाथ पौडेलले जानकारी दिनुभयो ।
सम्मानित ब्यक्तित्वलाई जिल्ला समन्वय समितिका लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, महासंघको केन्द्रीय सचिवालय सदस्य डोबबहादुर कार्की र जिल्ला महासंघ लमजुङका अध्यक्ष शान्ता सापकोटाले संयुक्त रुपमा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, सामुदायिक वन केन्द्रीय महासंघका सचिवालय सदस्य डोबबहादुर कार्की, सचिवालय सदस्य डोलकुमारी सापकोटा, प्रदेश महासंघका अध्यक्ष कालिदास सुवेदी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसीलगायतले सामुदायिक वनले महिलाको नेतृत्व र क्षमता विकास गराएको बताउनुभयो ।
सामुदायिक वनले धेरै कुरा दिएकोले यसको संरक्षण र व्यवस्थापनमा विशेष ध्यान पु¥याउनुपर्ने उहाँहरुको भनाई थियो । वन व्यवस्थापनको दायित्व संघ, प्रदेश र स्थानीय सरकारको पनि भएकोले सरकार र सामुदायिक वन उभोक्ता महासंघ मिलेर अघि बढनुपर्ने वक्ताहरुले सुझाव राखेको सामुदायिक वन उपभोक्ता महासंघ लमजुङका कोषाध्यक्ष मनध्वज गुरुङले जानकारी दिनुभयो ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
















