नगरपालिकाको परिपत्रपछि मध्यनेपालमा खुले विद्यालय

 

लमजुङ । नगरपालिकाले विद्यालयमा भर्ना अभियान र पठनपाठन सुचारु गर्न परिपत्र गरेपछि लमजुङको मध्यनेपाल नगरपालिकामा विद्यालयहरु खुल्न थालेका छन् ।

नगरपालिकाले नेपाल शिक्षक महासंघको आह्वानमा काठमाण्डौमा जारी शिक्षक आन्दोलनका कारण बन्द विद्यालयहरु सोमबारदेखि सुचारु गर्न विद्यालयलाई परिपत्र गरेको थियो । नगरपालिकाको पत्र पाएपछि सोमबार तीनवटा ठुला माध्यामिक विद्यालयहरु सुचारु भएका छन् । मध्यनेपालको दुइपिल्लेस्थित भैरवकाली मावि, भोर्लेटारको ईशानेश्वर मावि र करापुटारको कुशुमाकर मावि सोमबारदेखि सञ्चालनमा आएका हुन् ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुँद शाखाका प्रमुख उपसचिव रुद्रनारायण सापकोटाले पािलकाभित्र विद्यालयहरु सुचारु हुन थालेको बताउनुभयो । विद्यालयहरुसँगको सहमतिमा बैशाख १७ गतेबाट कक्षा आठको पुरक परिक्षा सञ्चालन गर्न परिक्षा तालिका समेत सार्वजनिक गरिएको सापकोटाले बताउनुभयो । “शिक्षकहरु आन्दोलनमै हुनुहुन्छ । विद्यालय लामो समय बन्द हुँदा अभिभावक र विद्यार्थीहरु आत्तिन थाले”, सापकोटाले भन्नुभयो, “उहाँहरुको आन्दोलनलाई पनि असर नहोस, अभिभावक र विद्यार्थीलाई पनि मर्का नपरोस भनेर समन्वय गरिरहेका छौं ।”

कुशुमाकर माविका प्रधानाध्यापक ध्रुवराज घिमिरेले अभिभावक र विद्यार्थीको गुनासो र नगरपालिकाको परिपत्रपछि विद्यालय सुचारु गर्न बाध्य भएको बताउनुभयो । उहाँले सोमबारदेखि भर्ना कार्यक्रम गर्ने र विद्यार्थीहरुलाई सान्त्वना दिने काम गरिएको बताउनुभयो । “आन्दोलन र विद्यालयलाई संगसंगै लैजाने गरि ब्यवस्था मिलाएका छौं”, घिमिरेले भन्नुभयो, “केही साथीहरु आन्दोलनमा हुनुहुन्छ, केहीले विद्यालय चलाउने सोचेका छौं ।”

नगरपालिकाले आइतबार वडा कार्यालय र सबै सामुदायिक विद्यालयहरुलाई परिपत्र गर्दै सोमबारदेखि अनिवार्य रुपमा विद्यालय सञ्चालन गर्न आग्रह गरेको थियो । नगरप्रमुख रमेशकुमार पाण्डेले जारी गरेको परिपत्रमा नयाँ शैक्षिक सत्र २०८२ सुरु भएको दुई हप्ता भईसक्दा पनि विद्यार्थी भर्ना अभियान र पठनपाठन रोकिदाँ अभिभावक, विद्यार्थी र सरोकारवालाहरुको गुनासो बढ्दै गएकोले नगरपालिकाको ध्यानआर्षण भएको उल्लेख छ ।

स्थानीय सरकार शिक्षाका सवालमा जिम्मेवार रहेको जनाउँदै नगरपालिकाले पठनपाठनलाई नियमित गर्नुपर्नेमा जोड दिएको छ । शिक्षक तथा विद्यालय कर्मचारीहरुको जायज मागहरु यथाशीघ्र पूरा गरी उनीहरुलाई कार्यस्थलमा फर्काउन आवश्यक कार्यहरु गर्नुहुनसमेत नेपाल सरकारलगायत सम्बद्ध सबै सरोकारवालाहरु समक्ष नगरपालिकाले अनुरोध गरेको छ

अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ ले शिक्षालाई सर्वब्यापी, जीवनउपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त बनाउने लक्ष्य दिएकोमा सिङ्गो शैक्षिक प्रणालीमा पार्नसक्ने नकरात्मक असरलाई मध्यनजर गरी सोमबारदेखि विद्यालय सञ्चालन गर्न सरोकारवाला सबै पक्षलाई नगरपालिकाले आग्रह गरेको नगर प्रमुख रमेशकुमार पाण्डेले बताउनुभयो ।

 

+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist