फुटबलर दिपेशको प्रशिक्षणलाई जुट्यो आर्थिक सहयोग

 

लमजुङ । नेपाली राष्ट्रिय टिमको अन्डर–१३ फुटवल खेलाडी दिपेश गुरुङलाई लमजुङ सेवा समिति हङकङले आर्थिक सहयोग गरेको छ । लमजुङको क्व्होलासोँथार गाउँपालिका–३, फुल्म्रोका दिपेश गुरुङको शैक्षिक तथा खेल प्रशिक्षणका लागि समितिले आर्थिक सहयोग गरेको हो ।

राष्ट्रिय टिममा समावेश हुनुअघि सशस्त्र प्रहरी बल (एपिएफ) को अन्डर–१३ फुटवल टिमबाट खेल यात्रा अघि बढाउनुभएका गुरुङलाई लमजुङ सेवा समिति हङकङले ७० हजार र सोहि समितिको जिल्लास्थित समन्वय समितिबाट २० हजार गरी ९० हजार रुपैया आर्थिक सहयोग गरिएको हो ।

लमजुङ सेवा समिति हङकङ अन्तर्गत खेलकुद समितिका संयोजक सन्तोश गुरुङ र समन्वय समिति लमजुङको अध्यक्ष मीना गुरुङलगायतले खेलाडी गुरुङ र उहाँको आमा डिलकाशी गुरुङलाई रकम हस्तान्तरण गर्नुभयो ।

राष्ट्रिय टिमका लागि एपिएफ क्लवमा आवद्ध गुरुङ सशस्त्र प्रहरी विद्यालयमा अध्ययन गर्दै फुटवल प्रशिक्षण लिदैं आउनुभएको छ । हाल एसइई परिक्षा दिनुभएका गुरुङले एपिएफबाट अन्डर–१३ का थुप्रै खेलहरुमा सहभागिता जनाउनुभएको छ ।

लमजुङ सेवा समिति हङकङले जिल्लाको स्वास्थ्य, विपद, खेलकुद र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको छ । समितिले विभिन्न क्षेत्रमा सेवा तथा सहयोगका लागि ४४ लाखको अक्षयकोष स्थापना गरेको छ ।

सोहि कोषमा रहेको रकमको व्याजबाट समितिले समाजिक सेवामा कामहरु गर्दै आएको छ । सो समितिले जिल्लामा विभिन्न क्षेत्रमा सहयोगका लागि स्थापित अक्षयकोषलाई एक करोेड पु¥याउने तयारी गरेको अध्यक्ष मीना गुरुङले बताउनुभयो ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist