तुँवालोले प्रदुषण बढ्दा जनजीवन प्रभावित

 

लमजुङ । वरीपरी सेता हिमाल र डाँडाकाँडामा पालुवा चढेका हरिया बोटविरुवाले बेसीसहर बजार सुन्दर देखिन्थ्यो । तर, केही दिन यता विहानैदेखि ढाकिएको बाक्लो तुँवालोले सुन्दरता मात्र हराएको छैन, जनजीवन नै प्रभावित बनाएको छ ।

बेसीसहरको शेरा बजारमा दि टुकुचे पिक होटल सञ्चालन गरिरहनुभएका पर्यटन ब्यवसायी रामकुमार श्रेष्ठ यतिबेला निकै नै चिन्तित हुनुहुन्छ । उहाँको चिन्ता होटलको व्यावसायमा भन्दा पनि बेसीसहरको बिग्रँदो मौसमप्रति छ । लमजुङको आकास एकसातादेखि बिग्रिएको र त्यसले स्वास्थ्यदेखि नागरिकको दैनिकीमा असर परेको उहाँको गुनासो छ ।

लमजुङ सदरमुकाम बेसीशहर मात्र हैन यतिबेला सबैतिर तुँवालोले ढाकेको छ । घाम लागेको छैन, मौसम धुम्म बनेको छ । बेसीसहर नगरपालिकाकाको सहायक कम्युटर अधिकृत सुशिला श्रेष्ठले केही दिनदेखि लागेको तुँयालोले बेसीसहरको सुन्दरता हराएको बताउनुभयो । युनिभर्सल एकेडेमी बेसीशहरका प्रिन्सीपल बिमल अधिकारीले बिहानैदेखिको तुँवालोले आँखा पोल्ने गरेको बताउनुभयो । “राम्रोसँग आँखा हेर्न नै सकिदैन । पिरो भएर पोल्छ”, अधिकारीले भन्नुभयो, “बाहिर निस्किएर हिड्नै गाह्रो भएको छ ।”

तँुयालोले गर्दा लमजुङका विभिन्न पर्यटकिय गाउँहरु घुम्न आएका पर्यटकहरु समेत प्रभावित भएका छन् । “हिमाल हेर्न आएका पर्यटकहरु तुँयालोले गर्दा निराश बनेका छन्”, घलेगाउँ पर्यटन समितिका कर्मचारी दीर्घ घलेले भन्नुभयो, “सेता हिमाल तुयाँलोले ढाक्दा, गाउँ नै नराम्रो देखियो, पर्यटक पनि निराश भए ।”

तुँवालो घर भित्रै छिर्दा झनै समस्या भएको नागरिकको चिन्ता छ । सवारी चालकले आँखामा चश्मा लगाउने गरेका छन् । बटुवाले मास्क लगाएर हिँड्ने गरेका छन् । धेरैजना घरबाहिर निस्केका छैनन् । तिव्र रुपमा भैरहेका विकास निर्माण कार्य, बनजंगलमा लागेका ढडेलो र मुख्यगरि पश्चिमी वायुको प्रभावले तुँयालो बढिरहेको हुनसक्ने डिभिजन वन कार्यालय लमजुङका सूचना अधिकारी एवं वन अधिकृत सन्तोष खनालले बताउनुभयो । समयमा वर्षा भएमा तुँयालोको समस्या समाधान हुने उहाँले बताउनुभयो ।

प्रदेश अस्पताल बेसीसहरका प्रमुख डा. शिशिर देवकोटाले तुँवालोका कारण तत्कालै र दीर्घकालिन रुपमा स्वास्थ्यमा असर पर्ने बताउनुभयो । यस्तोबेला आँखा पोल्ने, स्वास्प्रश्वासमा समस्या हुने र एजर्जी हुने उहाँको भनाई छ । यस्तो समयमा सकेसम्म बाहिर ननिस्कन, निस्कन नै परेमा मास्क, चश्मा लगायत प्रयोग गर्न उहाँले सुझाव दिनुभयो ।

 

+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist