तुँवालोले प्रदुषण बढ्दा जनजीवन प्रभावित

 

लमजुङ । वरीपरी सेता हिमाल र डाँडाकाँडामा पालुवा चढेका हरिया बोटविरुवाले बेसीसहर बजार सुन्दर देखिन्थ्यो । तर, केही दिन यता विहानैदेखि ढाकिएको बाक्लो तुँवालोले सुन्दरता मात्र हराएको छैन, जनजीवन नै प्रभावित बनाएको छ ।

बेसीसहरको शेरा बजारमा दि टुकुचे पिक होटल सञ्चालन गरिरहनुभएका पर्यटन ब्यवसायी रामकुमार श्रेष्ठ यतिबेला निकै नै चिन्तित हुनुहुन्छ । उहाँको चिन्ता होटलको व्यावसायमा भन्दा पनि बेसीसहरको बिग्रँदो मौसमप्रति छ । लमजुङको आकास एकसातादेखि बिग्रिएको र त्यसले स्वास्थ्यदेखि नागरिकको दैनिकीमा असर परेको उहाँको गुनासो छ ।

लमजुङ सदरमुकाम बेसीशहर मात्र हैन यतिबेला सबैतिर तुँवालोले ढाकेको छ । घाम लागेको छैन, मौसम धुम्म बनेको छ । बेसीसहर नगरपालिकाकाको सहायक कम्युटर अधिकृत सुशिला श्रेष्ठले केही दिनदेखि लागेको तुँयालोले बेसीसहरको सुन्दरता हराएको बताउनुभयो । युनिभर्सल एकेडेमी बेसीशहरका प्रिन्सीपल बिमल अधिकारीले बिहानैदेखिको तुँवालोले आँखा पोल्ने गरेको बताउनुभयो । “राम्रोसँग आँखा हेर्न नै सकिदैन । पिरो भएर पोल्छ”, अधिकारीले भन्नुभयो, “बाहिर निस्किएर हिड्नै गाह्रो भएको छ ।”

तँुयालोले गर्दा लमजुङका विभिन्न पर्यटकिय गाउँहरु घुम्न आएका पर्यटकहरु समेत प्रभावित भएका छन् । “हिमाल हेर्न आएका पर्यटकहरु तुँयालोले गर्दा निराश बनेका छन्”, घलेगाउँ पर्यटन समितिका कर्मचारी दीर्घ घलेले भन्नुभयो, “सेता हिमाल तुयाँलोले ढाक्दा, गाउँ नै नराम्रो देखियो, पर्यटक पनि निराश भए ।”

तुँवालो घर भित्रै छिर्दा झनै समस्या भएको नागरिकको चिन्ता छ । सवारी चालकले आँखामा चश्मा लगाउने गरेका छन् । बटुवाले मास्क लगाएर हिँड्ने गरेका छन् । धेरैजना घरबाहिर निस्केका छैनन् । तिव्र रुपमा भैरहेका विकास निर्माण कार्य, बनजंगलमा लागेका ढडेलो र मुख्यगरि पश्चिमी वायुको प्रभावले तुँयालो बढिरहेको हुनसक्ने डिभिजन वन कार्यालय लमजुङका सूचना अधिकारी एवं वन अधिकृत सन्तोष खनालले बताउनुभयो । समयमा वर्षा भएमा तुँयालोको समस्या समाधान हुने उहाँले बताउनुभयो ।

प्रदेश अस्पताल बेसीसहरका प्रमुख डा. शिशिर देवकोटाले तुँवालोका कारण तत्कालै र दीर्घकालिन रुपमा स्वास्थ्यमा असर पर्ने बताउनुभयो । यस्तोबेला आँखा पोल्ने, स्वास्प्रश्वासमा समस्या हुने र एजर्जी हुने उहाँको भनाई छ । यस्तो समयमा सकेसम्म बाहिर ननिस्कन, निस्कन नै परेमा मास्क, चश्मा लगायत प्रयोग गर्न उहाँले सुझाव दिनुभयो ।

 

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist