बैदेशिक रोजगारलाई सुरक्षित बनाउन अभिमुखिकरण

 

लमजुङ । पछिल्लो समय बैदेशिक रोजगारमा जानेको संख्या बढ्दो छ । रोजगारीका लागि विदेशिएका युवाहरु गन्तब्यमा पुगेपछि विभिन्न दुःख र पीडा खेप्दै आइरहेका समाचार आइरहन्छन् । विदेश पुग्दा तिनै दुःख र पीडा खोप्न नपरोस भन्ने उदेश्यले बेसीसहर नगरपालिकामा सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम तिव्र बनाइएको छ ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्र्तगत बेसीशहरको ११ वटै वडाका स्थानीयहरुलाई सुरक्षित बैदेशिक रोजगार सम्वन्धी न्यूनतम सूचना र जानकारी प्रदान गरिएको जिल्लास्थित आप्रबासी श्रोत केन्द्रले जानकारी दिएको छ । बैदेशिक रोजगारीमा जान चाहने युवा तथा ंसंभावित व्यक्तिहरुलाई सहि सुचना कसरी लिने, रोगजारीका लागि जाँदै गर्दा के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा सुमदायमै पुगेर जानकारी दिने काम भइरहेको जिल्लास्थित आप्रबासी श्रोत केन्द्रका सुचना तथा परामर्शकर्ता ईश्वरबावु लोहनीले जानकारी दिनुभयो ।

मनोपरामर्शकर्ता सरला थापाका अनुसार बेसीशहर नगरपालिकाको वडा नं. १ को उदिपुर, सानोधिमिरे, ठुलोधिमिरे र नयागाँउ, वडा नं. ४ को पुरानकोट, ५ को नाल्मा, वडा नं. १० को बाझाखेत, ११ को रामचोकबेशी र चितीमा अभिमुखिकरण सम्पन्न भएको छ ।

आप्रवासी श्रोत केन्द्रका अनुसार करिव तीन वर्षको अवधिमा लमजुङमा बैदेसिक रोजगारीमा गएका ३४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष ०७९÷८० देखि चालु आर्थिक वर्षको माघ चैतसम्म ३४ जनाको मृत्यु भएको हो । कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९÷८० मा १३ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष ०८०÷८१ मा ११ जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्ष ०८१÷८२ को चैतसम्म आठजनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

सरकारले आप्रबासी श्रोत केन्द्र मार्फत बैदेसिक रोजगारीमा जाने तयारीमा रहेकाहरुलाई परामर्श सेवा दिँदै आएको छ । सुरक्षित आप्रवासन परियोजना (सामी) नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौता बमोजिम सन् २०१३ देखि कार्यान्वयन भइरहेको छ । नेपाल सरकारका तर्फबाट श्रम तथा रोजगार मन्त्रालय र हेल्भेटास स्वीस इन्टर कोअपरेसनले संयुक्तरुपमा लमजुङसहित देशका विभिन्न जिल्लाहरू छनोट गरी सो परियोजना कार्यान्वयनमा आएको हो ।

+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist