त्रिबेणी कप फुटबल : पुलिस क्वार्टरफाइनलमै स्तब्ध !




लमजुङ । आमन्त्रित विभागीय टीम महेन्द्र पुलिस क्लब लमजुङ सदरमुकाम बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

बुधवार बेसीशहरकाे त्रिवेणी रंगशालामा भएकाे क्वार्टरफाइनल खेलमा लमजुङकाे लाङ्दीदेवी फुटबल क्लवसंग ट्राइबेकरमा पराजित भएपछि प्रहरीकाे विभागिय टिम प्रतियाेगिताबाट बाहिरिएकाे हाे । 

खेलकाे शुरूवातदेखि नै प्रहरीकाे टीम नाल्माकाे दबाबमा परेकाे थियाे । यद्यपी खेलकाे पहिलाे हापमा दुवै पक्ष गाेलरहित बराबरीमा राेकिए । नाल्माले पटक पटक माैका पाउँदा गाेल गर्न सकेन । दाेस्राे हापकाे २३ औं मिनेटमा पुलिसका उज्वल राइले प्रहरीका लागि पहिलाे गाेल गरेर अग्रता दिए । पुलिस क्लबका जर्सी नंं १४ का खेलाडी प्रविन थापाले डिबक्स बाहिरबाट दिएकाे पासलाइ जर्सी नंं १८ का विकासले लाङ्दीदेवीकाे पाेष्टतर्फ चार्ज गरे । उक्त बललाइ जर्सी नंं १६ का उज्वल राइले गाेलमा परिणत गरेपछि समर्थकहरूमा खुशीकाे लहर दाैडियाे ।

तर पुलिसकाे याे खुशी धेरैबेर टिक्न पाएन । खेलकाे ३७ औं मिनेटमा नाल्माका लागि जर्सी नंं १७ का दिपेश अाले मगरले टीमका लागि उत्कृष्ट गाेल गरेर खेललाइ बराबरीमा ल्याए । नाल्माले पाएकाे कर्नर किकलाइ सदुपयाेग गरेका उनले पुनः ४१ औं मिनेटमा अर्काे गाेल गरी टीमलाइ २–१ काे अग्रता दिलाए ।

खेल लाङ्दीदेवीले जित्नै लागेका बेला पुलिसले इन्जुरी समयमा अर्काे गाेल गरी खेललाइ पुनः बराबरीमा ल्यायाे । लगत्तै पुलिसले पाएकाे अर्काे कर्नर किकलाइ सदुपयाेग गर्दै जर्सी नं १६ का उज्वल राइले प्रहार गरेकाे बललाइ हेड गरी जर्सी नं. २ का हेमन्त श्रेष्ठले  जाली मात्र चुमाएनन्, हारिसकेकाे खेललाइ पुनः बरबारीमा ल्याए । 

निर्धारित समयमा दुवै पक्ष २–२ गाेलकाे बराबरीमा राेकिएपछि ७ मिनेट अतिरिक्त समय थप गरियाे । साे अवधिमा दुवै पक्षले गाेल गर्न सकेनन्, फलतः खेल ट्राइबेकरमा गयाे । ट्राइबेकरमा शुरूमै पुलिसका उज्वल राइले गरेकाे प्रहार क्रसबारमा ठाेकिएर फर्केपछि पुलिसका लागि दुर्भाग्य सिद्ध भयाे । त्यसकै कारण पुलिस ५–४ ले पराजित हुँदै प्रतियाेगिताबाट बाहिरियाे ।

क्वाटरफाईनल कै अर्काे खेलमा निर्धारित र थप समय गोलरहित बराबरी खेलेपछिको टाइब्रेकरमा नवलपुरले सुन्दरबजार फुटवल क्लवलाई ४–३ गोल अन्तरले हरायाे । सुन्दरबजारका सन्तोष गुरुङ र सतिस सुवालको बल प्रहार नवलपुरका गोलरक्षक क्रिषल मोक्तानले रोकेपछि सुन्दरबजार स्तब्ध बन्याे ।

बिहीबारको पहिलो खेल सेमीफाइनल प्रवेशका लागि विभागीय टीम त्रिभुवन आर्मी र लालीगुराँस युवा क्लव भुजुङबीच बिहान ११ बजे हुनेछ । यस्तै, दोस्रो खेल एलजी एसोसिएन र बेंसीशहर युथ सोसाइटीबीच दिउँसो २ बजे हुने आयोजकले जनाएको छ । 

प्रतियाेगितामा प्रथम पुरस्कारकाे राशी ८ लाख छ । याे राशी गण्डकी प्रदेशमै दाेस्राे ठुलाे धनराशीकाे पुरस्कार हाे ।

प्रतियाेगिताकाे उपविजेताले नगद ४ लाख र सेमीफाइनल पुग्ने दुई टीमले नगद १\१ लाख पुरस्कार पाउने छन् । सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद २०\२० हजार पाउने छन् । फाईनल खेल २१ गते हुनेछ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist