लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–१ का वडा अध्यक्ष सुदिप थापालाई मार्न आफ्नै काका पर्नेले ज्यानमार्ने सुपारी दिएको रहस्य खुलेको छ ।
उनका काका ४५ बर्षिय बाबुराम थापाले मान्छे लगाएर १ लाख ५० हजार दिने सर्तमा बैना समेत दिएर ज्यान मार्न सुपारी दिएको रहस्य बाहिरिएको हो ।
वडा अध्यक्ष थापाले शुक्रबार बेसीशहरमा पत्रकार सम्मेलन गर्दै घटनाबारे खुलाएका हुन् । उनले काका बाबुराम थापा र उनका छोरा २३ बर्षिय सागर थापाले घरमै मान्छे लुकाएर राखेर मार्ने योजना बुनेर ३/४ पटक मार्ने प्रयास समेत गरेको बताए ।
तनहुँको ब्यास नपा– ७ घर बताउने ३१ बर्षिय रोसन गुरुङले प्रहरी र आफू सामु बाबुराम थापा र निजको छोरा सागरले आफूलाई मार्न भनि १ लाख ५० हजारको सुपारी (बैना) समेत दिई आफूलाई केहिदिन देखि आफ्नो घरमा ल्याएर राखेको कुरा खुलाए ।
सागरको भनाई मोवाइलमा भिडियो रेकर्ड राखेका थापाले भिडियो रेकर्ड सुनाउँदै भने, ‘वडा अध्यक्षलाई विगत ३/४ दिनदेखि मार्ने प्रयास गरेपनि असफल भएको कुरा प्रहरी सामू समेत उनले स्विकार गरे । यतिमात्र होइन बाबुराम र उनको छोरा सागरले समेत यो कुरा सत्य भएको प्रहरी सामु खुलाए ।’
वडा अध्यक्ष थापाले ज्यान मार्ने उद्योगमा कारबाहिको माग सहित बिहिबार जिल्ला प्रहरी कार्यालयमा प्रमाणसहित जाहेरी दिँदा प्रहरीले यो शिर्षकमा जाहेरी लिन नमानेको समेत उनले पत्रकार सम्मेलनमा भनेका छन् । वडा अध्यक्ष थापा शुक्रबार समेत जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले भने ३ जनालाई नियन्त्रणमा लिएकाे र वडा अध्यक्षले ज्यान मार्ने उद्योगमा मुद्धा चलाउने कुरा गरेकाले आधार पुष्टि हुन आए जाहेरी लिएर अनुसन्धान अघि बढाउने बताएका छन् ।
वडा अध्यक्ष थापाले प्रहरीमा दिएको जाहेरी :-


लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















