बीरेन्द्रनगर : जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी १ सय २३ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाका अनुसार पछिल्लो विवरण अनुसार भूकम्पमा परी जाजरकोटमा मात्र ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ। थप विवरण संकलन हुँदैछ।
त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ। जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको मृत्यु भएको हो।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सयुक्त टोली दुबै जिल्लामा उद्धारमा खटिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले बताए।
उनका अनुसार भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















