तिलिचाे घुमेर फर्किदा भारतीय पर्यटककाे लेक लागेर मृत्यु



मनाङ । विश्वकै सबैभन्दा अग्लाे स्थानमा रहेकाे मनाङकाे तिलिचाे ताल घुम्न गएका एक भारतीय पर्यटकको लेक लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको केरला घर भएका ३५ वर्षीय युवक मोहम्मद रजिम चेत्तियन क्यान्डी रहेका छन् ।

क्यान्डीकाे मनाङको ङिस्याङ गाउँपालिका-९  स्थित माथिल्लो श्रीखर्क नजिकै बाटोमा बुधबार बिहान शव फेला परेको मनाङ प्रहरीले जनाएको छ । 

मनाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक फणिन्द्र रानाभाटले मंगलबार राती तिलिचो बेसक्याम्पमा आएर बसेको र बुधबार बिहान हिँड्दा हिँड्दै ती व्यक्तिको बाटोमै मृत्यु भएको हुनसक्ने बताए ।

माथिल्लो श्रीचौरबाट ४५ मिनेटको बाटोमा भेटिएका ती भारतीय नागरिक करिब २ घण्टा हिँडेमा खाङ्सार आइपुग्नुपर्नेमा तल्लो क्षेत्रमा झर्न नसकेको स्थानीयले बताएका छन् । प्रहरी निरीक्षक पुस्कर कार्कीसहितको टोली घटनास्थलमा पुगेर शवलाई सदरमुकाम चामे ल्याएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार ती नागरिक असोज २० गते एक्यापको मनाङस्थित कार्यालयमा दिउँसो पौने २ बजे प्रवेश गरेको रेकर्ड छ ।

उक्त दिन मनाङमा बसेर त्यसपछि तिलिचोतर्फ गएको हुन सक्ने उनले बताए । उनी एक्लै यात्रामा आएको रेकर्डबाट देखिएको उनले बताए। घटनास्थल करिब ४ हजार २ सय मिटर उचाइमा पर्छ।

मनाङतर्फ जाने क्रममा ५ दिनअघि नासो गाउँपालिका-३ खोत्रोडाँडाबाट खसेर अमेरिकन नागरिक ६९ वर्षीय चाल्स केथ डेभिजको मृत्यु भएको थियो । 

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist