लमजुङमा समाजवादी माेर्चा घाेषणा, मंसिरमा बृहत् अन्तर्कृया कार्यक्रम गर्ने



लमजुङ । सत्तासीन र सत्ता बाहिर रहेकाे चार राजनीतिक दल मिलेर बनेकाे समाजवादी माेर्चाकाे लमजुङ संयाेजन समिति गठन भएकाे छ ।

माेर्चामा सम्मिलित नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे बिहिबार सदरमुकाम बेसीसहरमा बसेकाे बैठकले समाजवादी मोर्चा जिल्ला संयाेजन समिति गठन गरि घोषणा गरेकाे हाे।

प्रत्येक दलबाट प्रमुखसहित दुई सदस्य रहनेगरि ८ सदस्यीय जिल्ला समिति बनाईएकाे छ । समितिकाे संयाेजकमा जनता समाजवादीका अध्यक्ष बलबहादुर राना रहेका छन् ।

सदस्यहरूमा नेकपा माओवादी केन्द्रका संयाेजक रामचन्द्र पाैडेल, सचिव सुनिल सुनार, नेकपा एकीकृत समाजवादीका अध्यक्ष रामबावु अधिकारी, सचिव जगदीश सेढाईँ, नेकपाका सचिव रविन्द्र नखाेला, सदस्य हर्कबहादुर सार्की र सदस्य सचिवमा जनता समाजवादीका सचिव सुरेश गुरूङ रहेका छन् ।

दलहरुबीच समाजवादी मोर्चाको नेतृत्व चार/चार महिनाकाे फरकमा आलोपालो गर्ने सहमति छ ।

बिहिबार नेकपा माओवादी केन्द्रकाे कार्यालयमा भएकाे घाेषणा कार्यक्रममा बाेल्दै माओवादी केन्द्रकाे केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज आशा काेईरालाले नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्य सहित मोर्चा गठन गरिएको बताईन्।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको बाटो तय गर्ने, वर्गीय तथा क्षेत्रीय विभेदको अन्त्य गर्ने, जनताको नागरिक तथा आर्थिक अधिकारको संरक्षण, वित्तीय एकाधिकार तथा दलाल पूँजीवादी अर्थव्यवस्थाको विकल्पमा समाजवादी अर्थतन्त्रको आधार तयार पार्ने मोर्चाको उद्देश्य रहेको उनले बताईन।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबावु अधिकारीले जिल्लामा भैरहेका विकास निर्माणलाई तदारूकता दिने, ढिलासुस्तीकाे अन्त्य गर्ने, समाजवादउन्मुख अर्थब्यवस्था निर्माणकाे आधार स्थापना गर्ने कार्यहरू माेर्चाले अघि बढाउने दावी गरे ।

माओवादी केन्द्रका संयाेजक रामचन्द्र पाैडेलले जिल्लामा सञ्चालन भैरहेका ठुला आयाेजनामा देखिएका समस्याबारे जानकार रहेकाे र त्यसकाे समाधानमा माेर्चा र पार्टीकाे तर्फबाट समझदारीकाे प्रयास गर्ने बताए ।

दशैं तिहारलगायतका चाडपर्वकाे अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयाेजना गर्ने र मंसिर महिना भित्र बृहत अन्तर्कृया कार्यक्रम गर्ने माेर्चाले निर्णय गरेकाे संयाेजक बलबहादुर रानाले जानकारी दिए ।

माेर्चाले ईजरायलकाे गाजामा भएकाे हमास विद्राेहीकाे आक्रमणका मृत्यु भएका नेपाली बिद्यार्थीलाई श्रद्धाञ्जली र घाईते तथा बेपत्ताको स्वास्थ्यलाभकाे कामना गरेकाे छ । घाईते र बेपत्ताकाे खाेजी तथा उद्दारमा सरकारकाे प्रयत्न सफल रहने माेर्चाले विश्वास लिएकाे छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist