लमजुङ । लमजुङको राईनास नगरपालिका स्थित चेपे नदिले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।
लमजुङको राइनास नगरपालिका–७ ठुलो बगैँचा घर भएका १२ बर्षका युनिक चौलागाईं चेपे नदिमा बेपत्ता भएका हुन् ।
साथीहरूसँग पौडी खेल्न गएका उनी बुधबार दिउसाेदेखि नदिले बगाएर बेपत्ता रहेको स्थानीयले बताएका छन् ।
प्रहरीका अनुसार बालक बेपत्ता भएपछि बुधबार बेलुका साढे ५ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बेपत्ता बालकको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















