लमजुङ । मर्स्याङदी गाउँपालिकाले जिल्ला कारागारका कैदी बन्दीलाई खेलकुद समाग्री सहयोग गरेको छ । निजामती सेवा दिवस २०८० को अवसरमा शुक्रवार गाउँपालिकाले कारगारमा रहेको कैदी बन्दीहरुलाई खेलकुद सामाग्री प्रदान गरेको हो ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले कारागार प्रमुख कमलापती अधिकारीलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए । गाउँपालिकाले कारागारको लागि क्यारामबोड २ थान, चेस २ थान भलिबल नेट सहित २ थान प्रदान गरेको हो ।
प्राप्त सामाग्रि जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णवहादर गुरुङ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, कारागार प्रमुखले संयुक्त रुपमा कारागारका नाइके तथा कैदि बन्दीलाई हस्तान्तरण गरेका छन् ।
लमजुङ जिल्ला कारागारमा हाल ७ महिला र ८० पुरुष गरी ८७ जना कैदि बन्दी रहेका छन् ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















