काठमाडौं । ६० किलो सुन प्रकरणमा माओवादी लिगेसी बोकेका तीन नेताको छोराहरूको संलग्नताको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको छ।
माओवादी केन्द्रका पूर्वसैन्य डेपुटी कमाण्डर एवम् पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा र नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा व्यावसायिक साझेदारसमेत थिए।
बादलका छोरा प्रतीक नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि फरार छन्।
राहुल माओवादीको युवा संगठन वाइसिएलका उपमहासचिव हुन भने दीपेश विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव हुन्।
बादलपुत्र प्रतीक अहिले मुलुकबाहिर रहेको प्रहरी उच्च स्रोतको भनाइ छ।
महराका छोरा राहुललाई गत बुधबार प्रहरीले उनकै निवास खुमलटारबाट प्रकाउ गरेको थियो। पक्राउ परिसकेपछि उनले सिआइबीलाई सघाउनका लागि आफैं सिआइबी कार्यालय उपस्थित हुन लागेको स्ट्याटस फेसबुकमा लेखेका थिए।
भेपमा लुकाएर ल्याएको सुन प्रकरणमा उनलाई पक्राउ गरिएको भनिए पनि राहुलको संलग्नता ६० किलो सुन प्रकरणमा समेत देखिएको सिआइबी स्रोतको भनाइ छ।
-सेताेपाटी
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















