लमजुङ । चोरी डकैतीमा संलग्न भएकाे आराेपमा मर्स्याङ्दी गाउँपालिकास्थित खुदी प्रहरीले थप चारजना पक्राउ गरेकाे छ ।
आईतबार दिउसाे चारजना ब्यक्तिलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय लमजुङमा पठाईएकाे खुदी प्रहरी चाैकीका प्रमुख प्रेमप्रसाद शर्माले जानकारी दिए ।
पक्राउ पर्नेमा मर्स्याङ्दी गाउँपालिका-३ का सुरेश तामाङ, वडा नम्बर ९ गैरीफाँटमा कबाडी संकलन गर्दै आएका बदबहादुर परियार, साेही वडाकाे बगैचामा कवाडी संकलन गर्दै आएका मुकेश भाइ, र साेही वडाकाे सिम्पानीका अर्जुन थापा रहेका छन् । थापालाई बेसीसहर-६ चनाैटेमा सुन चाेरीकाे घटनामा संलग्न रहेकाे प्रहरीकाे अनुमान छ ।
शनिवार खुदी प्रहरीले चाेरी गरेकाे सामानसहित मर्स्याङ्दी- ३, बुद्वबजारका काजी तामाङ, साेही स्थानका सन्ताेष परियार (साेनाम) र बेसीसहर-६ भलामखाेलाका सुजन तामाङलाई पक्राउ गरेकाे थियाे ।
साेही घटनामा संलग्न मर्स्याङ्दी-३ बुद्वबजारका किरण तामाङ फरार छन् । उनी फाेन सम्पर्कमा आएकाे र आज पक्राउ गरी जिल्लामा पठाईने खुदी प्रहरी चाैकीका प्रमुख शर्माले जानकारी दिए ।
उनीहरूले बेसीसहर-चामे सडक निर्माण कम्पनी आशिष अनेष्टका जेभीकाे तारजाली, रड, फलाम लगायतका सामाग्री चाेरी गरेर लैजादै गर्दा रङ्गेहात समातिएका थिए ।
बेसीसहर-६ मालेबगरकाे गाेदामबाट २ सय १० केजी जाली चाेरेर मर्स्याङ्दी-९ गैरीफाँट र बगैंचामा रहेकाे कवाडी संकलन पसलमा बेचिएकाे पाईएकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ परेकाहरूकाे अनुसन्धान सुरू गरिएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश श्रीमलले जानकारी दिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















