कृषि ज्ञान केन्द्र लमजुङले तीज गीत प्रतियोगिता गर्ने, एक पालिका एक टिम सहभागी हुने

लमजुङ । लमजुङमा जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ संचालन हुने भएको छ ।

हरितालिका तीजको अवसरमा कृषि ज्ञान केन्द्र लमजुङले यही भदौ १२ गते जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ सञ्चालन गर्न लागेको होे ।

‘कृषि तीज गीत प्रतियोगिता’ बेसीशहरस्थित जिल्ला समन्वय समितिको सभाहलमा संचालन हुनेछ । गीतको माध्यमबाट कृषि प्रसार तथा कृषि व्यवसाय प्रवर्द्धन गर्ने उद्धेश्यले जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ सञ्चालन गर्न लागिएको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले जानकारी दिए ।

कृषि ज्ञान केन्द्रले प्रत्येक पालिकाबाट एक टिम छनौट गरी प्रतियोगितामा सहभागिताका लागि टिम पठाइदिन सबै पालिकालाई अनुरोध समेत गरेको छ ।

यस्तै, प्रतियोगिता टिम निर्माण गर्दा सम्वन्धित पालिकामा कृषि कार्यमा सक्रिय रहेको कृृषक समूह वा कृषि सहकारी संस्था हुनुपर्ने, कृषक पाठशालामा आवद्ध वा सञ्चालन गर्दै आएको समूह वा सहकारी हुनुपर्ने प्रति टिममा बढिमा सात जना सहभागी हुनुपर्ने र लोकलयमा आधारित कृषिका विषयवस्तु बोकेका तीज गीत हुनुपर्ने केन्द्रले जनाएको छ ।

जिल्ला स्तरीय प्रतियोगिताबाट प्रथम हुने टिमलाई भदौ २३ गते पोखरामा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा पठाइने कृषि ज्ञान केन्द्र लमजुुङका बाली संरक्षण अधिकृत विजय पाैडेलले जानकारी दिए ।

लोकदृश्य
+ posts

ताजा खबर

ट्होटें पर्व मनाउन क्व्होलासोथारमा सार्वजनिक विदा

ट्होटें पर्व मनाउन क्व्होलासोथारमा सार्वजनिक विदा

  लमजुङ । लमजुङसहित गण्डकी प्रदेशका गुरुङ समुदायले मंगलबार आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाएका छन् ।...

“पूर्वराजाले संविधान विरोधी गतिविधि गरे कारबाही गछौं” : सञ्चारमन्त्री गुरुङ

“पूर्वराजाले संविधान विरोधी गतिविधि गरे कारबाही गछौं” : सञ्चारमन्त्री गुरुङ

लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग भएको सम्झौता तोडेको...

गाउँसहर कालिका मन्दिरमा जनताका नाउँमा भयो पूजा

गाउँसहर कालिका मन्दिरमा जनताका नाउँमा भयो पूजा

लमजुङ । शनिबार लमजुङको गाउँसहर कालिका मन्दिरमा चैते दसैँको पूजा गर्ने र मेला हेर्न आउनेको रौनक थियो । शाहवंशको पुरानो दरबारमा रहेको...

खुला म्याराथनमा बस्नेत च्याम्पियन

खुला म्याराथनमा बस्नेत च्याम्पियन

लमजुङ । विश्व शान्तिको कामना गर्दै लमजुङमा शनिबार भएको खुला म्याराथन प्रतियोगितामा कुलबहादुर बस्नेत प्रथम हुनुभएको छ। दोलखा निवासी बस्नेत नेपाली...

खुदी र जगतबजार सिसीटिभी निगरानीमा

खुदी र जगतबजार सिसीटिभी निगरानीमा

लमजुङ । यहाँको मस्र्याङ्दी गाउँपालिकाका दुई महत्वपूर्ण नाकामा रहेका बजार क्षेत्रलाई सिसीटिभी क्यामेराको निगरानीमा राखिएको छ । वडा नं. ३...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist