लमजुङ । सामुदायिक वन उपभोक्ता महासंघ, लमजुङ, स्थानीय महासंघ र सामुदायिक वन उपभोक्ता समूहहरुको आयोजनामा सुन्दरबजारमा वृक्षरोपण गरिएकाे छ ।
सामुदायिक वन दिवस २०८० को अवसरमा परोपकार समुदायिक वन उपभोक्ता समूह अन्तर्गत रहेको सुन्दरबजार नगरपालिका ६ स्थित फेदिकुना ढाँडचौरमा वृक्षरोपण गरिएको हो ।
खयर र तेजपत्ताका विरुवाहरु रोपिएको सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्यसमितिका अध्यक्ष शान्ता सापकोटाले जानकारी दिईन् ।
परोपकार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बल बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्यसमितिका अध्यक्ष शान्ता सापकोटा, सुन्दरबजार नगरस्तरीय वन महासंघका अध्यक्ष गणेश सापकोटा, वन रक्षक रामनाथ पौडेल, इलाका प्रहरी कार्यालय सुन्दरबजारका प्रमुख रामकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















