दोर्दी गाउँपालिका सबै सरकारी कार्यालयमा विद्युतिय चुलो प्रयाेग गरिने

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका भित्र रहेका सबै सरकारी कार्यालयमा विद्युतिय चुलो प्रयाेगमा ल्याईने भएकाे छ ।

दोर्दी गाउँपालिकामा उत्पादित विद्युत दोर्दीमै खपत गर्ने र ग्याँस दाउराकाे उपभाेग घटाउने उद्देश्यले पहिलो चरणमा गाउँपालिकामा रहेका सबै सरकारी कार्यालयमा विद्युतीय चुलो निशुल्क वितरण गरिएको छ ।

विहिबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले विद्युतिय चुलो वितरण गरेका छन् । पहिलो चरणमा पालिका भित्र रहेका स्वास्थ्य चौकी, प्रहरी कार्यलय, वडा कार्यलय, विद्यालय लगायतका ७४ वटा सरकारी कार्यालयको लागि विद्युतीय चुलो बितरण गरिएको छ ।

दोर्दी गाउँपालिकाले पालिका भित्र निर्माण भएका हाइड्रो पावरको विद्युत पालिकामा नै प्रयोग गर्ने उद्धेश्यले प्रतिगोटा १० हजार ७ सय पर्ने दुई मुखे विद्युतिय चुलो वितरण गरेको अध्यक्ष अधिकारीले बताए। यसको प्रयोगले बातावरणिय प्रभाव राम्रो हुने, बनजङ्गल फडानी कम हुने तथा ग्यासको पैसा बाहिर जान राेकिने अधिकारीले बताए । ग्याँसको प्रयोगको तुलनामा विद्युतिय चुलोकाे प्रयोग गर्दा खर्च आधा घट्ने र स्वास्थ्यमा समेत लाभ हुने अध्यक्ष अधिकारीले बताए।

दोर्दी गाउँपालिकामा मात्रै ६ वटा जलविद्युत परियोजना निर्माण सम्पन्न हुँदा १ सय २४ मेगावट विद्युत उत्पादन हुदैं आएको छ । उत्पादित सबै विद्युत राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ । दोर्दी गाउँपालिकामा सबैले विद्युतिय चुलोको प्रयोग गरेमा करिव ४ मेगावट विद्युतले पुग्ने बताइएको छ । पालिकाभित्र बसोबास गर्ने सबैलाई अनुदान छुटमा विद्युतिय चुलो वितरण गर्ने योजना रहेको अध्यक्ष अधिकारीले बताए ।

यसैगरी, दोर्दी गाउँपालिकाभित्र नेपाल विद्युत प्राधिकरणबाट २ करोड ५० लाखको टेन्डरमा थ्रिफेज लाईनमा कालो तार फेर्ने र २५, ५० र १०० को गरी १२ वटा ट्रान्सर्फमर राख्ने काम भैराखेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

लोकदृश्य
+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist