दोर्दी गाउँपालिका सबै सरकारी कार्यालयमा विद्युतिय चुलो प्रयाेग गरिने

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका भित्र रहेका सबै सरकारी कार्यालयमा विद्युतिय चुलो प्रयाेगमा ल्याईने भएकाे छ ।

दोर्दी गाउँपालिकामा उत्पादित विद्युत दोर्दीमै खपत गर्ने र ग्याँस दाउराकाे उपभाेग घटाउने उद्देश्यले पहिलो चरणमा गाउँपालिकामा रहेका सबै सरकारी कार्यालयमा विद्युतीय चुलो निशुल्क वितरण गरिएको छ ।

विहिबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले विद्युतिय चुलो वितरण गरेका छन् । पहिलो चरणमा पालिका भित्र रहेका स्वास्थ्य चौकी, प्रहरी कार्यलय, वडा कार्यलय, विद्यालय लगायतका ७४ वटा सरकारी कार्यालयको लागि विद्युतीय चुलो बितरण गरिएको छ ।

दोर्दी गाउँपालिकाले पालिका भित्र निर्माण भएका हाइड्रो पावरको विद्युत पालिकामा नै प्रयोग गर्ने उद्धेश्यले प्रतिगोटा १० हजार ७ सय पर्ने दुई मुखे विद्युतिय चुलो वितरण गरेको अध्यक्ष अधिकारीले बताए। यसको प्रयोगले बातावरणिय प्रभाव राम्रो हुने, बनजङ्गल फडानी कम हुने तथा ग्यासको पैसा बाहिर जान राेकिने अधिकारीले बताए । ग्याँसको प्रयोगको तुलनामा विद्युतिय चुलोकाे प्रयोग गर्दा खर्च आधा घट्ने र स्वास्थ्यमा समेत लाभ हुने अध्यक्ष अधिकारीले बताए।

दोर्दी गाउँपालिकामा मात्रै ६ वटा जलविद्युत परियोजना निर्माण सम्पन्न हुँदा १ सय २४ मेगावट विद्युत उत्पादन हुदैं आएको छ । उत्पादित सबै विद्युत राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ । दोर्दी गाउँपालिकामा सबैले विद्युतिय चुलोको प्रयोग गरेमा करिव ४ मेगावट विद्युतले पुग्ने बताइएको छ । पालिकाभित्र बसोबास गर्ने सबैलाई अनुदान छुटमा विद्युतिय चुलो वितरण गर्ने योजना रहेको अध्यक्ष अधिकारीले बताए ।

यसैगरी, दोर्दी गाउँपालिकाभित्र नेपाल विद्युत प्राधिकरणबाट २ करोड ५० लाखको टेन्डरमा थ्रिफेज लाईनमा कालो तार फेर्ने र २५, ५० र १०० को गरी १२ वटा ट्रान्सर्फमर राख्ने काम भैराखेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist