कांग्रेस बैठक: गुटबन्दी छताछुल्ल, संस्थापन आक्रामक

काठमाडौं । प्रत्यक्ष प्रसारण भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गुटबन्दी छताछुल्ल पोखिएको छ । मंगलबार पेस भएका प्रस्ताव र प्रतिवेदनमाथि बुधबार धारणा राख्ने क्रममा नेताहरूले आफ्नो गुटको रक्षा र अर्को पक्षको आलोचना गरेका छन् ।

बुधबारको बैठकमा आमन्त्रित ६ सहित ४६ जना केन्द्रीय सदस्यले धारणा राख्दा संस्थापन आक्रामक देखिएको छ । यद्यपि, सबैजसो नेताले कांग्रेसलाई बलियो बनाउन पार्टी एकता चाहिने बताएका छन् । 

केन्द्रीय सदस्य जीवनबहादुर शाहीले बैठकको प्रत्यक्ष प्रसारण गरेर राम्रो सन्देश गएको, पछिल्लो समय कांग्रेसको अवस्था सुध्रिएको भन्दै नेताहरूले विगतका नभई भविष्यका कुरा गर्नुपर्ने बताए । 

अर्का केन्द्रीय सदस्य बहादुरसिंह लामाले खल्तीबाट पद बाँड्ने काम भएको भन्दै कांग्रेसलाई अघि बढाउन युवा पुस्तालाई आकर्षण गर्ने कार्यक्रम चाहिने बताए ।

अर्का केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस केन्द्रीय समिति, संसदीय दल र सरकार–प्रदेश समिति तथा स्थानीय तहबीच ठूलो खाडल देखिएको बताए ।

अर्का केन्द्रीय सदस्य एवं गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नयाँ पुस्तालाई समेट्ने कार्यक्रम चाहिएको बताए ।

केन्द्रीय सदस्य रामहरि खतिवडाले दुई महामन्त्रीको संसदीय भूमिकामाथि प्रश्न उठाए ।

लक्ष्मी खतिवडाले महामन्त्रीको विकल्प खोज्ने अवस्था नआसोस् भनिन् ।

केन्द्रीय सदस्य राधा घलेले पार्टीका नेताहरू पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा नउभिएकोमा असन्तुष्टि जनाइन् ।

अर्का केन्द्रीय सदस्य हरिशरण नेपालीले कांग्रेस इतिहासकै आलोचित अवस्थामा पुगेको बताए । केन्द्रीय सदस्य सीतादेवी देवकोटाले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन माग गरिन् । अर्का केन्द्रीय सदस्य नारायणबहादुर कार्कीले गुटबन्दी अन्त्य घोषणाले पार्टी संगठन बलियो हुने बताए ।

जाबेदा खातुन जागाले कमजोरी एक–अर्कालाई थोपर्ने प्रवृत्तिले पार्टी कमजोर हुने बताइन् । कुन्दनराज काफ्लेले समस्याहरूलाई बुझ्ने मामलामा कांग्रेस चुकेको र कांग्रेस आन्तरिक समस्यामा फस्न नहुने धारणा राखे ।

केन्द्रीय सदस्य गुरु बरालले कांग्रेस कमजोर नरहेको तथा महामन्त्रीको प्रस्ताव परीक्षण हुन बाँकी रहेको बताए । सरस्वती अर्याल तिवारीले महामन्त्रीद्वयलाई पार्टी अस्तित्वमा आँच नआउने गरी काम गर्न सुझाइन् ।

अर्का केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले सभापतिलाई मात्र दोष दिन नमिल्ने बताए । केशवकुमार बुढाथोकीले कोसीको नामकरणमा कांग्रेसको भूमिकामाथि प्रश्न उठाए ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist