नागरिकता विधेयककाे विराेधमा राष्ट्रिय युवा संघ र अनेरास्ववियुले बेसीसहर बजारमा गरे विराेध प्रदर्शन

नागरिकता विधेयक र रेशम चाैधरीकाे आममाफीकाे विराेधमा राष्ट्रिय युवा संघ र अनेरास्ववियु लमजुङले बेसीसहर बजारमा राँके जुलुस प्रदर्शन गरेकाे छ ।

विवादास्पद नागरिकता विधेयक पारित गरेर राष्ट्रपति रामचन्द्र पाैडेलले राष्ट्रघाति काम गरेकाे युवा संघ र अनेरास्ववियुले जनाएकाे छ ।

नेकपा एमाले पार्टी कार्यालय परिसरबाट शुक्रबार साँझ निस्किएको राँके जुलुस सुरक्षाकर्मीलाई छक्काउँदै शेराबजार पुगेर काेणसभामा परिणत भएकाे थियाे ।

युवा संघका जिल्ला अध्यक्ष योगबहादुर गुरुङ (कालु)को अध्यक्षतामा भएको कोणसभामा संघका निवर्तमान केन्द्रीय सचिव गोविन्द बस्नेतले राष्ट्रियताका पक्षधर सबै एकजुट हुनुपर्ने धारणा राखे । राष्ट्रियताकाे पक्षमा, सिमा सुरक्षामा नेपाली सुरक्षाकर्मीले नेतृत्व गरे युवासंघ साथ दिन तयार रहेकाे बताए ।

प्रहरी दाजुभाइको हत्या गरी तीनवटै तहको अदालतबाट समेत जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई छुटाएको विरोधमा आयोजना गरिएको यो कार्यक्रममा हाम्रा विरुद्धमा तपाईलाई प्रयोग गर्न खोजिएको छ, त्यसप्रति सचेत रहेन सुरक्षाकर्मीलाई उनले सुझाव दिए । यसअघि ४० लाख भारतीयले नेपाली नागरिकता लिइसकेको र अबका दिनमा एक करोड भारतीयले नागरिकता लिएर नेपाली भूमिलाई भारतमा गाभ्ने प्रपञ्च भएको उनले दावी गरे ।

सो अवसरमा अनेरास्ववियुका निवर्तमान केन्द्रीय सचिव जुन तामाङले राष्ट्रियता माथिको खेलवाड सैह्य नहुने बताए । यो आन्दोलन सांकेतिक मात्र भएकाेले भोलिका दिनमा थप सशक्त हुने चेतावनी दिए । उनले वर्तमान गठबन्धन सरकार भारतीय दलालकाे रूपमा अघि बढेकाे आराेप लगाए ।

ओली नेतृत्वको सरकारले जारी गरेको नेपालको कालापानी लिपुलेक सहितको नक्सा फेरि गायब भएको, उल्टै भारतले लुम्बिनी कपिलवस्तु समे नक्सामा गाभ्नु र त्यसलाई प्रधानमन्त्री प्रचण्डले टुलुटुलु हेर्नु खेद जनक भएकाे आन्दाेलनपक्षले बताएकाे छ ।

कार्यक्रमको सञ्चालन युवा संघका जिल्ला सचिव प्रदीपजंग गुरूङले गरेका थिए ।

सो जुलुसमा भाग लिन लमजुङ क्याम्पस सुन्दरबजार, भोटेओडार लगायतका विभिन्न स्थानबाट पनि युवा संघ र अखिलका कार्यकर्ताहरू आएका थिए । दिउँसो ४ बजे निस्कने भनिएको जुलुस सुरक्षाकर्मीको कडा पहराका विच साँझ निस्केको थियो । उनीहरूले राष्ट्रियताका पक्षमा र सत्ता गठबन्धनका विरुद्ध नारा लगगाएका थिए ।

राँके जुलुसलाई रोक्नका लागि भारपुर प्रयास गरेको प्रहरी बलले कोणसभामा भने कुनै हस्तक्षेप गरेन ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist