लमजुङ र गाेरखाका चार पालिका जाेडेर बुद्ध हिमाल-हिमालचुली-ग्रेटलेक सर्किट ट्रेल बनाईने

लमजुङ । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) ले लमजुङको उत्तरी पर्वतीय क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयाेग गर्ने भएकाे छ । बुधबार दोर्दी गाउँपालिकामा भएकाे स्थानीय तह प्रमुखहरूसंगकाे बैठकले पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम तय गरेको छ ।

विगत ४५ बर्षदेखि पर्वतीय पर्यटन क्षेत्रमा काम गर्दै आएको टानले गोरखाको अजिरकोट गाउँपालिका र लमजुङको पूर्वी उत्तरी क्षेत्रहरु, दोर्दी, दुधपोखरी र मर्स्याङ्दी गाउँपालिकालाई जोडेर पर्वतीय पर्यटन प्रवर्द्धनकाे कार्यक्रम बनाईएकाे टानका अध्यक्ष निलहरि बास्तोलाले बताए।

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्ध हिमाल, हिमालचुली, ग्रेट लेक सर्किट ट्रेलको लागि गाेरखाकाे अजिरकोट गाउँपालिका, लमजुङको दोर्दी, दुधपोखरी र मर्स्याङ्दी गाउँपालिका बिच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

उक्त सर्किट ट्रेल निर्माणका लागि दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको संयोजकत्वमा समन्वय समिति निर्माण गरिएकाे छ । समितिको सदस्यहरुमा मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष दिपक देपकोटा, दुधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ र टानका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ रहेका छन् ।

यसैगरी बुद्ध हिमाल, हिमालचुली, ग्रेट लेक सर्किट ट्रेल निर्माणका लागि अजिरकोट र दुधपोखरी गाउँपालिकाको सिमानामा राईनास नगरपालिका, दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाको सिमानामा बेसीशहर नगरपािलका भएकाले राईनास र बेसीशहर साझेदारी र सहकार्य गर्नका लागि उक्त राईनास नगरपालिका, बेसीशहर नगरपालिका र नासो गाउँपालिका जोड्ने निर्णय गरिएको छ ।

कार्यक्रममा दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, दुधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष दिपक देवकोटा, टानका अध्यक्ष निलहरि बास्तोला, दोर्दी गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, दुधपोखरी गाउँपालिका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङ,अजिरकोट गाउँपालिका उपाध्यक्ष अनिता भुजेल, दोर्दी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सम्सेर गुरुङ, दुधपोखरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय, अजिरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थी, टानका उपाध्यक्ष धनबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो ।

साे कार्यक्रममा आफ्नाे ठाउँबाट पर्वतीय पर्यटन प्रवर्द्धनमा के के गर्न सकिन्छ भनि विभिन्न छलफल गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएकाे टानको प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाइले बताए।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist