प्रहरीकै ‘सहयोग’मा फरार भएका रायमाझीलाई खोज्न अहिले प्रहरीलाई नै तनाव 

काठमाडौं । एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध गत साता नै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी अर्घाखाँचीको सार्वजनिक कार्यक्रममा सहभागी रहेका दिन गएको बुधबार पक्राउ पुर्जी जारी भएको सार्वजनिक भयो । त्यही दिन उनले आफू निर्दाेष भएको भन्दै काठमाडौं गएर अनुसन्धानमा सघाउने बताएका थिए । तर, भोलिपल्ट बिहानैदेखि फरार भए । 

प्रहरीबाटै पाएको सूचनाका आधारमा रायमाझी भाग्न सफल भएका थिए । प्रहरीमा उपस्थित हुँदा धेरै दिन हिरासतमा बस्नुपर्ने भएकाले अदालतमा पछि उपस्थित हुने गरी उनी फरार भएको प्रहरी अनुमान छ । अर्घाखाँचीबाट फर्कँदा विमानस्थलबाटै पक्राउ गर्ने प्रहरी तयारी थियो । त्यो सूचना पाएपछि उनी काठमाडौं फर्किएनन् । भोलिपल्ट बिहानै प्रहरी टोली पक्राउ गर्न अघि बढेकोमा रायमाझीले केही समय मागेपछि प्रहरी पछि हटेको स्रोतको दाबी छ । तर, ‘सहयोग’मै फरार भएका रायमाझी अहिले प्रहरीकै लागि हैरानी बनेका छन् । उनलाई पक्राउ गर्न सिआइबीसम्मको टोली खटिँदा पनि केही पत्ता लाग्न नसकेको स्रोत बताउँछ । रायमाझीले सहजीकरण गरिदिने भन्दै पटक–पटक पैसा लिएको पुष्टि भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । 

उता प्रहरीले केही दिनअघि टोपबहादुरलगायतका अभियुक्तको घरमा छापा हानेको छ । ठगीसम्बन्धी प्रमाण भेटिने आशंकामा उनको सातदोबाटोनजिकै रहेको घरमा प्रहरीले खानतलासीसमेत गरेको थियो । यो अनुसन्धानको सामान्य प्रक्रिया भएको प्रहरी अधिकारी बताउँछन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की यो मुद्दामा अनुसन्धान अधिकृतले प्रमाण जुटाउन नियमअनुसार चरणबद्ध रूपमा काम गरिरहेको बताउँछन् ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist